फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वार्ता नै चीन र अमेरिकाले समस्याको समाधान गर्ने माध्यम

(GMT+08:00) 2019-06-20 19:25:29

चीन र अमेरिका दुई मुलुकका राष्ट्रनायकहरूले यही जुन अठार तारिख टेलिफोन वार्ता गर्नुभयो। उहाँहरूले बीस मुलुक समूहका नेताहरूको ओसाका शिखर सम्मेलनमा फेरि भेटघाट गर्नुहुने कुरा बताउनुभयो। उहाँहरूले दुई मुलुकका आर्थिक तथा व्यापारिक टोलीहरूले निरन्तर रुपमा सम्पर्कलाई कायम राख्न, विश्वको चिन्ता मूड शिथिल पार्न, विश्वको स्टक बजारको पुनःरुत्थान गर्न स्वीकार गर्नुभयो।

व्यापारिक द्वन्द्व र आर्थिक अनिश्चितता आदि कारक-तत्वहरूबाट असर परेका कारण विश्व व्यापार संगठनले हाल चालू वर्ष विश्वको व्यापारिक बृद्धि अनुमानलाई पहिलाको 3.7 प्रतिशतबाट घटाएर 2.6 प्रतिशत बनाएको छ। विश्व बैंकले पनि प्रतिवेदन सार्वजनिक गरेको छ। विश्व बैंकले चालु वर्ष र आगामी वर्षमा विश्वको आर्थिक बृद्धि गति बेग्ला-बेग्लै रुपमा घटाएर 2.6 प्रतिशत र 2.7 प्रतिशत रहने अनुमान गरेको छ। उत्तरदायित्वपूर्ण आर्थिक समूहको रुपमा चीनले विश्वको आर्थिक बृद्धि र सर्वसाधारणको हितको संरक्षण गर्नका लागि छलफल र वार्तालाई पहिलो छनौटको रुपमा राखिरहेको र अमेरिकासँग सम्पर्क गरी समस्याको समाधान गर्ने उपाय छिटो रुपमा पत्ता लगाउने आशा लिएको छ।

सहयोग न्यूनतम रेखा रहनुपर्छ, छलफल सिद्धान्त रहनुपर्छ। चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक वार्ता चीन र अमेरिकाका राष्ट्रनायकहरूबीच गत वर्षको अन्त्यमा अर्जेन्टिना भेटवार्तामा प्राप्त भएको महत्वपूर्ण सहमतिबमोजिम पारस्परिक सम्मान, पारस्परिक विजय र पारस्परिक हितको आधारमा गरिनुपर्ने छ।

दुई मुलुकका राष्ट्रनायकहरूको टेलिफोन वार्तापछि अमेरिकी व्यापार प्रतिनिधि रोबर्ड लाइथाइजर लगातार दुई दिनसम्म सिनेट र प्रतिनिधि सभामा ब्याख्या गर्नुभएको धारणा सबैलाई अचम्म लागेको छ। सिनेटको बैकिङ समितिमा लाइथाइजरले वार्तामार्फत मात्रै समस्याको समाधान गर्न नसकिने कुरा बताउनुभयो। प्रतिनिधि सभाअन्तर्गत रकम जुटाउने समितिमा उहाँले दुई मुलुकको सम्बन्धको सुधार र अमेरिकाको प्रतिस्पर्धात्मक श्रेष्ठताको संरक्षण गर्ने उपायमार्फत समस्याको समाधान गर्न सकिने कुरा बताउनुभयो।

लाइथाइजरले एकातिर आर्थिक तथा व्यापारिक छलफलको पुनःशुरु गर्ने र दुई मुलुकको सम्बन्धको सुधार गर्ने इच्छा व्यक्त गर्नुभयो भने अर्कातिर उहाँले सधैं नै भन्सार करको दवाव शक्तिको संकेत प्रसारण गर्नुभयो। तर यो समस्याको समाधान गर्ने धारणा होइन। "सम्मान, सदिच्छा, समानता, पारस्परिक हित" चीनले वार्ता गर्ने मुख्य शब्द हुन्। अमेरिकाले हालसम्म चीनको केन्द्रीय अडान स्पष्ट रुपमा देख्नुपर्ने छ।

हाल चीन र अमेरिकाका राष्ट्रनायकहरूको ओसाका भेटवार्ता हुन दश दिनभन्दा कम समय छ। दुई मुलुकका आर्थिक तथा व्यापारिक टोलीहरूले दुई मुलुकका राष्ट्रनायकको अर्जेन्टिना भेटघाटमा प्राप्त भएको सहमतिबमोजिम विवादको सामधान गर्नका लागि सक्रियताका साथ सम्पर्क गर्नसक्ने आशा चीनले लिएको छ। समान वार्तालाई सधैं नै कायम राख्ने मात्रै चीन र अमेरिकाले समस्याको समाधान गर्ने सम्भावना रहेको छ।

जानकारी तथा लेखहरु