फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ र किम जोङ उनबीच वार्ता

(GMT+08:00) 2019-06-21 15:45:47

जुन 20 तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र उत्तर कोरियाली श्रमिक पार्टीका प्रमुख एवं प्रजातान्त्रिक जनगणतन्त्र कोरियाली राज्य परिषदका अध्यक्ष किम जोङ उनले प्योङयाङमा भेट-वार्ता गर्नुभएको छ। ऐतिहासित सुरूवातमा चीन र उत्तर कोरियाले मूलभूत आचरणलाई नविर्स्नुका साथै हातमा हात मिलाई दुई पार्टी र दुई देशको सुन्दर भविष्यको साझा सिर्जना गर्ने सहमति दुवै नेताले गरेका छन्।

गत वर्षदेखि अध्यक्ष किम जोङ उनसँग चारपटक भेट-वार्ता गरेर दुई देशको सम्बन्धमा नयाँ अध्याय खोल्नुका साथै गहिरो मित्रता गरेको कुरा राष्ट्राध्यक्ष सीले बताउनुभयो। उहाँको भ्रमणले चीन र उत्तर कोरियाको मित्रतालाई सुदृढ तथा उतराधिकार बनाउनुका साथै कोरियाली प्रायद्वीप समस्याको राजनीतिक समाधान प्रक्रियालाई अगाडि बढाउनका लागि महत्वपूर्ण मार्ग बन्ने उहाँले बताउनुभयो। भ्रमणद्वारा सम्बन्धको सुन्दर भविष्यको योजना गरी मित्रताको नयाँ अध्यायको सिर्जना गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।

चीन र उत्तर कोरियाको मित्रता दुई देशका जनताको इच्छा, दुई देशको मूल फाइदा र युगको विकसित प्रवृतिसँग अनुकूल हुनुका साथै दीर्घकालीन परिस्थितिबाट दुई देशले गरेको रणनीतिक छनौट भएको विश्वास राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार, वर्तमान दुई देशको सम्बन्ध नयाँ ऐतिहासिक कालमा प्रवेश गरेको छ। चिनियाँ पार्टी र सरकारले दुई देशको मैत्रीपूर्ण सहयोग सम्बन्धमाथि उच्च महत्व दिएको छ। दुई देशको सम्बन्धको सुरक्षा र सुदृढ विकास गर्न चिनियाँ पार्टी र सरकारको दृढ सिद्धान्त रहेको उहाँले औँल्याउनुभयो। उत्तर कोरियासँग दौत्य सम्बन्ध स्थापना भएको 70औं वार्षिकोत्सव मनाउने कार्यक्रमलाई व्यवहारमा उतारेर शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार माध्यम, युवालगायत क्षेत्रमा आदान-प्रदान तथा सहयोगलाई सबल पार्ने इच्छा चीनले राखेको पनि राष्ट्राध्यक्ष स्पष्ट पार्नुभयो।

किम जोङ उनले उत्तर कोरियाका पार्टी, सरकार तथा जनताको प्रतिनिधित्वमा महासचिव सीलाई हार्दिक स्वागत गर्नुभयो। उत्तर कोरियाको पार्टी र जनताले नयाँ रणनीतिक मार्गको पालना गरिरहेको बताउँदै उत्तर कोरियाले चीनबाट अनुभव लिएर आर्थिक विकास तथा सर्वसाधारण जीवनको सुधारमा प्रयास गर्ने इच्छा राखेको पनि बताउनुभयो।

प्रायद्वीपको शान्ति र स्थिरताको सुरक्षा गर्न र आणविक अस्त्ररहित क्षेत्र बनाउनकालागि उत्तर कोरियाको प्रयासमाथि राष्ट्राध्यक्ष सीले सक्रिय मूल्याङ्कन गर्नुभएको छ। नेता किम जोङ उनले वर्तमान प्रायद्वीप परिस्थिबारे आफ्नो धारणा व्यक्त गर्दै कोरियाली प्रायद्वीप समस्याको समाधानमा चीनको महत्वपूर्ण भूमिकामाथि उच्च मूल्याङ्कन गर्नुभएको छ।

जानकारी तथा लेखहरु