फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पूँजी अन्तर्राष्ट्रिय पूँजीको आधारभूत भाग बनिसकेको

(GMT+08:00) 2019-06-21 19:09:31

चीनको स्टक बजार यसै शुक्रबार अर्थात् जुन 21 तारिख बन्द भएपछि विश्वको दोस्रो ठूलो सूचकांकको कम्पनी फट्से रुसेलले क वर्गको शेयरलाई आफ्नो विश्वव्यापी स्टक सूचकांकमा राखेको छ। यो चालु वर्षको मे महिनाको अन्त्यमा विश्वको सबैभन्दा ठूलो कम्पनी मस्सीले क वर्गको शेयरको अनुपातलाई उकासेपछि चीनको पूँजी बजारले स्वागत गरेको अर्को राम्रो सूचना हो। यसबाट अन्तर्राष्ट्रिय लगानीकर्ताले चीनको पूँजी बजारप्रति लगानी मागलाई निरन्तर रुपमा कायम राखेको र चीनको आर्थिक भविष्यप्रति आशावादी भएको कुरा प्रतिविम्वित भएको छ।

विश्वको दोस्रो ठूलो आर्थिक समूहको रुपमा चीनको पूँजी बजार पहिला विश्वको पूँजीमध्ये अभाव हुन नसक्ने एक भाग भयो। हाल व्यापारिक द्वन्द्वआदि कारक-तत्वहरूबाट असर परेका कारण विश्वको पूँजी बजारको असुनिश्चितता उकासिएको छ। यस्तो पृष्ठभूमिमा चीनको अर्थतन्त्र सधैं नै स्थिरताका साथ संचालन भएको छ। चीनको पूँजी बजारको जोखिम सानो छ। हाल चीनको क वर्गको शेयरको अनुमानित मात्रा इतिहासको न्यूनतम स्थानमा रहेको छ भने अमेरिकाको डाओ जोन्सलगायतका विश्वका मुख्य शेयरभन्दा न्यूनतम छ। अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि यो ठूलो आकर्षण शक्ति हो।

अन्तर्राष्ट्रिय पूँजी क वर्गका शेयरमा प्रवेश भएको कुरा चीनको खुलापनाको विस्तार र विश्वको मौद्रिक बजारमा चीनको गहिरो संलग्नताका लागि विश्वास गरिएको मानिएको छ। विशेष किसिमका वस्तुको रुपमा चीनको कच्चा पेट्रोल, फलाम खनिज पदार्थआदि वस्तुहरू अन्तर्राष्ट्रिय लगानीकर्तालाई खुला भएको छ। शाङहाई, शन चन र हङकङ स्टक इक्सचेन्जको अन्तरसन्जालको आधारमा शाङहाई स्टक इक्सचेन्ज र लण्डन स्टक इक्सचेन्जबीचमा अन्तरसन्जाल व्यवस्थाले दुबैतिर खुलापन शुरु गरेको छ। शृङ्खलाबद्ध कदमहरूबाट अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई चीनको पूँजी बजारले खुलापनलाई निरन्तर रुपमा विस्तार गर्नका लागि गरेको प्रयास र अठोट देख्न र स्वीकार गर्न सकिन्छ।

यसका साथै अन्तर्राष्ट्रिय लगानीकर्ताहरू चीनको आर्थिक विकासप्रति राम्रो अनुमान गरेका छन्। चालू वर्षयता जटिल स्वदेशी तथा विदेशी आर्थिक परिस्थितिको प्रभावमा चीनले नीतिको सामन्जस्यता बढाएको, अर्थतन्त्रको मुख्य सूचकाङ्क सामान्य परिधिभित्र संचालन हुन प्रत्याभूति गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु वर्षको अप्रिलमा सार्वजनिक गरेको "विश्व अर्थतन्त्र अनुमान प्रतिवेदन"ले चीनको आर्थिक बृद्धिको अनुमानलाई 0.1 प्रतिशतलाई उकासेको छ। चीन चालु वर्षको आर्थिक बृद्धिको अनुमानलाई उकासेको विश्वको एक मात्रै आर्थिक समूह बनेको छ। जे.पी. मोर्गन र एच.एस.बी.सी. आदि संस्थानहरूले पनि चीनको आर्थिक बृद्धि गतिको अनुमानलाई उकासेका छन्।

विश्व अर्थतन्त्रको अनिश्चितताको पृष्ठभूमिमा चीनले खुलापनलाई निरन्तर रुपमा विस्तार गर्ने, अन्तर्राष्ट्रिय लगानीकर्ताले चीनमा प्रवेश गर्ने माध्यमलाई विस्तार गर्ने र चीनको बजारको आकर्षण शक्तिलाई बलियो पार्ने छ। चीनको पूँजी अन्तर्राष्ट्रिय पूँजीको आधारभूत भाग बनिसकेको छ।

जानकारी तथा लेखहरु