फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्जामा 'खस सङ्ग्रहालय' बन्ने

(GMT+08:00) 2019-06-23 13:44:09

जुम्ला जिल्लाको सिन्जामा खस सङ्ग्रहालय बन्ने भएको छ। यहाँ खस सङ्ग्रहालय बनेपछि देश तथा विदेशबाट सिन्जा सभ्यता हेर्न आउनेलाई सजिलो हुने गोरखापत्र अनलाइनले लेखेको छ।

सिन्जा सङ्ग्रहालयका अभियन्ता डिल्लीप्रसाद तिवारी प्रसन्न हुनुहुन्छ। उहाँले भन्नुभयो, "यो सङ्ग्रहालयले यहाँ आउने पर्यटक र अनुसन्धानकर्ताहरूलाई सिन्जा सभ्यताको अध्ययन गर्ने अवसर दिनेछ। "

सिन्जा गाउँपालिका वडा नं. २ बिष्टबाडामा यो सङ्ग्रहालय निर्माण सुरु भएको छ। तत्कालीन समयमा विशाल साम्राज्य भएको सिन्जा सभ्यताका ऐतिहासिक तथा पुराताìिवक सम्पदा अहिलेसम्म ओझेलमा परेका थिए। पुराताìिवक सम्पदा विस्तृत रूपमा खोज अनुसन्धान हुन सकेको छैन। सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमा भने सिन्जा क्षेत्र पनि परेको छ।

सङ्ग्रहालय शिलान्यास कार्यक्रम पनि विशेष प्रकारकै थियो। खस सभ्यता झल्किने गुन्यू–चोली, कालो कम्बल र गहनासँगै सजिएका स्थानीय महिलाले मागल गाएका थिए। पञ्चेबाजा बजाउँदै र कलश यात्राको कलाले प्राचीन सिन्जाको झल्को दिएको स्थानीय बताउँछन्। हुन पनि नेपाली भाषाको उद्गम स्थल तथा बहुप्रतिष्ठित सभ्यताको मुहान हो– सिन्जा। सिन्जा क्षेत्रमा सरकारद्वारा खस सङ्ग्रहालय निर्माण कार्य आरम्भ हँुदा स्थानीय खुसी छन्।

सिन्जा सभ्यताका ऐतिहासिक, पुराताìिवक, धार्मिक, सांस्कृतिक सम्पदा झल्किने तथा पर्यटकका लागि अवलोकन केन्द्रका रूपमा सङ्ग्रहालय लामो समयदेखि माग भइरहेको थियो। नेपाल सरकार उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयको ५० लाख रुपियाँको सहयोगमा खस सङ्ग्रहालयको काम सुरु भएको हो। सिन्जा सभ्यता खस सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष देवीकृष्ण तिवारी भन्नुहुन्छ, "अब यो क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्ने छ। "

गाउँपालिका अध्यक्ष देवलसिंह रावलले भन्नुभयो, "सरकारले सुरु गरेको सङ्ग्रहालय बनाउने काम निकै राम्रो भए पनि बजेट कम भयो तर पछि थपिँदै जाने विश्वास छ। "

राष्ट्रिय अभिलेखालयमा सूचीकृत जुम्ला जिल्लाका ३३ वटा सम्पदामध्ये १३आँै शताब्दीको चारवटा ऐतिहासिक देवलसहित विभिन्न आठवटा सम्पदा रहेको सिन्जा गाउँपालिका अध्यक्ष रावलले जानकारी दिनुभयो।

सिन्जा गाउँपालिका सो क्षेत्रमा पर्ने वडा नं. २ का अध्यक्ष नवीन शर्माले सङ्ग्रहालय स्थापनापछि पर्यटकका लागि सिन्जा सभ्यता झल्काउने पूर्वाधार जुटाउन लाग्नुपर्ने बताउनुभयो। सङ्ग्रहालयको दुई दिनअघि औपचारिक कार्यक्रममा शिलान्यास गरियो। सङ्ग्रहालय बनेसँगै पर्यटकलाई खाने–बस्ने व्यवस्था गर्न होमस्टे पनि सुरु भएको छ।

जानकारी तथा लेखहरु