फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँच वर्षमा नेपालमा एक खर्बका मोबाइल

(GMT+08:00) 2019-06-23 13:44:32

विगत पाँच वर्षमा करिब एक खर्ब रुपियाँ बराबरका मोबाइल सेट नेपालमा आयात भएको छ। दूरसञ्चार सेवाको पहुँच विस्तार भएसँगै मोबाइलको प्रयोग बढ्दा यसको आयात उकालो लागिरहेको तथ्याङ्कले देखाएको गोरखापत्र अनलाइनले लेखेको छ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि चालू आर्थिक वर्षको १० महिनासम्म ९३ अर्ब ६० करोड रुपियाँ बराबरको मोबाइल आयात भएको छ। चालू आवको बाँकी दुई महिनामा यो रकम थप बढ्ने छ।

विभागको तथ्याङ्क अनुसार आव २०७१/७२ मा ११ अर्ब ७८ करोड रुपियाँ बराबरको मोबाइल आयात भएको छ। त्यसको अर्को वर्ष आव २०७२/७३ मा १८ अर्ब २० करोड रुपियाँको मोबाइल आयात भएको तथ्याङ्कले देखाउँछ। मोबाइल आयातको क्रममा एकै पटक चार अर्ब रुपियाँले बढेर आव २०७३/७४ मा भने २२ अर्ब ६६ करोड पुगेको छ।

पछिल्लो पाँच वर्षमा सबैभन्दा बढी आव २०७४/७५ मा नेपालमा मोबाइल आयात भएको देखिन्छ। तथ्याङ्कअनुसार अघिल्लो आवमा २४ अर्ब ८७ करोड रुपियाँको मोबाइल नेपाल भित्रिएको छ। चालू आवको १० महिनामा भने यसको आयात १६ अर्ब चार करोड रुपियाँ पुगेको छ।

नेपालमा खासगरी सामसुङ, सायोमी, ह्वावे, ओप्पो, एप्पल, जियोनी, भिभो, लाभाजस्ता ब्रान्डका मोबाइल बढी चर्चित छन्। वेबसाइटको ट्राफिक विश्लेषण गर्दै आएको स्ट्याटकाउन्टरका अनुसार नेपालमा सामसुङ ब्रान्डको बजार हिस्सा सबैभन्दा धेरे छ। स्ट्याटकाउन्टरका अनुसार मेसम्म कुल बजारमध्ये सामसुङ मोबाइलको मात्रै ४७.०१ प्रतिशत हिस्सा छ। त्यसपछिको सायोमीको ९.०६ प्रतिशत, ह्वावेको ८.४२ प्रतिशत, ओप्पोको ८.२४ प्रतिशत र आइफोनको ६.१५ प्रतिशत हिस्सा छ।

दूरसञ्चार सेवा प्रदायकहरूले नेटवर्कको पहुँच बढाउँदै लगेपछि मोबाइलको आयातमा पनि त्यसैअनुसार प्रभाव देखिएको तथ्याङ्कले देखाउँछ। नेपालमा अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मोबाइलमा आधारित दूरसञ्चार सेवा प्रदान गर्दै आएका छन्।

जानकारी तथा लेखहरु