फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीआरआई सम्बन्धी एक कार्यक्रम काठमाडौँमा सम्पन्न

(GMT+08:00) 2019-06-23 16:58:29

काठमाडौँमा चीन दक्षिण एसियाबाट के चाहन्छ शीर्षकमा एक अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ। महाराजगञ्जस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शनिवार सम्पन्न सो अन्तर्क्रिया कर्यक्रममा प्रमुख वक्ताका रुपमा चीन समाज विज्ञान प्रतिष्ठानको अन्तर्राष्ट्रिय रणनीति अध्ययन राष्ट्रिय संस्थाको क्षेत्रीय सहयोग अध्ययन विभागका निर्देशक प्रोफेसर वाङ द्वीचूले बीआरआई चीनको विदेशी मुलुकहरुसँगको सहकार्यलाई नयाँ उचाईमा पुर्‍याउने मानवजातिको साझा भाग्यको समष्टि निर्माण गर्ने नवीन प्रस्तावना भएको बताउनु भयो।

५ वर्ष अघि प्रस्तुत गरिएको सो महत्वकांक्षी परियोजनाको दुईपटक सम्पन्न शिखर सम्मेलनको सफल आयोजनाले बीआरआईको मित्रमण्डली निरन्तर रुपमा बढिरहेको जानकारी प्रोफेसर वाङले दिनुभयो। अन्तर्राष्ट्रिय समुदायमा बीआरआई सहकार्यको माध्यमद्वारा समृद्धि विकासतर्फ अगाडि बढ्ने आशा झन बढिरहको उहाँको भनाई थियो। बीआरआई को प्रस्तावनाको पृष्ठभूमि उल्लेख गर्दै प्रोफेसर वाङले बीआरआई अन्तराष्ट्रिय र देशभित्रको आवश्यकता हो भन्दै युगानुकूल विकास, आर्थिक भूमण्डलीकरणलाई द्रुतगतिमा बढाउनका लागि विभिन्न क्षेत्रको कनेक्टिभिटीमा स्तरोन्नती गराउनुपर्ने आवश्यकतालाई बीआरआईले जोडदिएको प्रष्ट पार्नुभयो।

हाल विद्यमान अमेरिका चीन व्यापार युद्धको प्रसंग निकाल्दै उहाँले अमेरिकाले अनुदारवादी बनी व्यापार युद्ध प्रारम्भ गर्दै अन्तर्राष्ट्रिय बहुपक्षीय सहकार्य ध्वस्त पार्न लागेका कारण विश्वको आर्थिक विकास सामु गम्भीर चुनौती खडा भएको बताउनु भयो। यस्तो समयमा पनि बीआरआई सहकार्यलाई अघि बढाउनु अझ धेरै देशहरुलाई ग्लोबल उत्पादन तथा मूल्यको सञ्जालमा ल्याउनु बहुपक्षीय सहकार्य र विश्वको आर्थिक विकासका लागि विशेष महत्वपूर्ण हुने धारणा उहाँले राख्नु भयो।

दक्षिण एसियाली देशहरु चीनका छिमेकी देशहरु हुन् भन्दै उहाँले बीआरआई सहकार्यका लागी यिनीहरु महत्वपूर्ण साझेदार रहेको जानकारी दिनुभयो। विगत ५ वर्षमा बीआरआईअन्तर्गत चीन र दक्षिण एसियाली देशहरुबीच धेरै सहकार्यहरु भएको उहाँको भनाइ थियो। केही परियोजनाहरु भूराजनीतिक सम्वेदनशिलताका कारण पश्चिमेली देशरुको आलोचनाको शिकार भएपनि चीन र दक्षिण एसियाली देशहरुबीचको दोहोरो जितको सहकार्यको अन्त्य भैनसकेको प्रोफेसर वाङले बताउनु भयो।

बीआरआई सहकार्यको अग्रगमनसँगै यस क्षेत्रका बिभिन्न देशहरुबीचको सम्वाद, समन्वय, सहयोग बढ्ने, बीआरआई खाका अन्तर्गत प्रत्येक देशलाई लाभ पुग्ने, प्रत्येक देशका जनताको समृद्धि वृद्धि हुने, क्षेत्रीय एकता एवं स्थिरता अभिवृद्धि हुने सहकार्यका परियोजनाहरु प्रारम्भ हुने र द्विपक्षीय तथा क्षेत्रीय स्तरबाट उठेर मानवजातिको साझा भाग्यको समष्टि निर्माण गर्ने आशा बीआरआईले गरेको प्रेफेसर वाङले बताउनुभयो। नेपालस्थित विभिन्न मैत्री संस्थाका प्रतिनिधिहरु, सम्बन्धित क्षेत्रका विज्ञहरु, डाक्टर, इन्जिनियर, विद्यार्थी, विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरु तथा चिनिया साँस्कृतिक केन्द्रका प्रतिनिधिहरुको अन्तर्क्रियामा सहभागिता रहेको थियो। अन्तर्क्रिया कर्यक्रममा उठेका प्रश्नहरुको जवाफ समेत प्रोफेसर वाङले स्पष्ट ढंगबाट दिनुभएको थिए।

जानकारी तथा लेखहरु