फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-बंगलादेश ऊर्जा क्षेत्रको विकासका लागि भारत सहयोगी हुनुपर्ने

(GMT+08:00) 2019-06-24 15:56:22
 नेपाल बंगलादेशबीच ऊर्जा क्षेत्रको विकासका लागि हालै भएको सहमति मुलुकको हितमा महत्वपूर्ण भएपनि भारत लचिलो नभएसम्म यसबाट फाइदा लिन नसकिने सरोकारवालाले बताएका छन्। दुवै मुलुकको सचिवस्तरीय बैठकले असार ६ मा नेपाल र बंगलादेशबीच ऊर्जाका विभिन्न क्षेत्रमा मिलेर काम गर्ने सहमति गरेको थियो। बैठक बंगलादेशको कोक्समा भएको हो।

नेपाल र बंगलादेशबीचमा भारत रहेको र विद्युत्को प्रसारण, खरिद–बिक्रीदेखि अन्य धेरै पक्षमा उसको सहमति आवश्यक पर्ने भएकाले अहिलेको सहमतिबाट फाइदा लिन भारत सकारात्मक हुनुको विकल्प नभएको हो। पूर्वऊर्जासचिव सुमन शर्मा नेपाल र बंगलादेशबीच छुट्टै प्रसारण लाइन नभएकाले भारतको सहमतिबिना प्रसारण लाइन अघि बढ्न कठिन हुने बताउनुहुन्छ।

शर्माका अनुसार नेपाल र बंगलादेशको यो सहमतिले दुवै पक्षबीच बिजुलीको व्यापार र लगानीको ढोका खोल्ने काम गरेको छ। नेपाल र बंगलादेशबीच प्रसारण लाइन अहिलेसम्म तयार छैन। यस्तो अवस्थामा ऊर्जा व्यापारमा भारतीय भूमिका कस्तो हुन्छ ? भन्ने कुराले सफलता र असफलता निर्धारण गर्ने देखिन्छ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भारतसँग सहमति लिएर नै बगंलादेशसँग भएको सहमति कार्यान्वयन गर्दै जाने बताउनुभयो। नागरिकन्यूज डटकमका अनुसार विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह नेपाल र बंगालादेशबीचको ऊर्जा सम्झौताले जलविद्युत् क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने बताउनुभयो।

जानकारी तथा लेखहरु