फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सरकारले नेपालीहरुको खुसी सर्वेक्षण गर्ने

(GMT+08:00) 2019-06-24 15:58:27
 सरकारले नेपालीहरुको खुसी सर्वेक्षण गर्ने भएको छ। समष्टिगत सुख सर्वेक्षण नाम दिएको उक्त सर्वेक्षणका आधारमा नेपालीहरुको सुख मापन गरिने तथ्याङ विभागका निर्देशक राजन सिलवालले बताउनुभयो।

ओली सरकारको 'सुखी नेपाली समृद्ध नेपाल' नारालाई आधारमा मानेर यो कार्यक्रम बनाइएको हो।

आगामी आर्थिक वर्ष भित्र सर्वेक्षण सक्नेगरि तथ्याङक विभागले बजेट विनियोजन गरेको छ।

'नयाँ आर्थिक वर्ष लागेपछि कसरी सर्वेक्षण गर्ने भन्ने वितृत विधि बनाइनेछ,' सिलवालले भन्नुभयो, 'त्यसका लागि बजेट विनियोजन भइसकेको छ, आर्थिक वर्ष २०७७/७८ मा यसको नतिजा सार्वजनिक गर्ने योजना छ।'

सेतोपाटी अनलाइनका अनुसार तथ्याङक विभागले पछिल्लो जनगणना, कृषि गणना लगायतका तथ्याङकलाई आधार बनाएर अध्यायन गर्ने तयारी गरेको छ।

जानकारी तथा लेखहरु