फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशीमा रहेको नेपाली संघले नेपालको दिगो विकासमा सघाउने

(GMT+08:00) 2019-06-25 14:39:27

गैरआवासीय नेपाली संघले नेपाललाई दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न आफ्नो क्षमता र अवस्थाअनुसार सहयोग गर्न तयार रहेको जनाएको छ। गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य खगेन्द्र ढकालले समृद्ध नेपाल बनाउने सरकारको राष्ट्रिय आकांक्षामा तमाम गैरआवासीय नेपालीले आ–आफ्नो क्षमता र अवस्थाअनुसार सहयोग गर्न तयार रहेको बताउनुभयो।

नेपालले दिगो विकास लक्ष्यका उद्देश्य पूरा गर्न वर्षको औसत वार्षिक करिब २० खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको आकलनको चर्चा गर्दै ढकालले सहयोगको तत्परता देखाएका हुन्। राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य (एसडीजी) का लागि नेपालमा वार्षिक ५ खर्ब ८५ अर्ब लगानी न्यूनता (ग्याप) देखिएको जनाएको छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा आयोगले गरेको एसडीजीका लागि आवश्यक आँकलन, लागत र वित्तीय रणनीतिसम्बन्धी अध्ययनले प्रत्येक वर्ष यति धेरै लगानी अपुग हुने देखाएको हो। संयुक्त राष्ट्रसंघले सन् २०१६ देखि २०३० सम्मका लागि एसडीजी अघि सारेको छ। एसडीजीको १५ वर्षको औसत एसडीजीका लागि आवश्यक लगानीलाई विश्लेषण अध्ययनमा आयोगले यस अवधिमा ३०३ खर्ब ८४ अर्ब लगानी आवश्यक रहेको तथा त्यसमध्ये ८७ खर्ब ७५ अर्ब लगानी न्यूनता हुने जनाएको छ। प्रतिवेदनका आधारमा प्रत्येक वर्ष एसडीजी हासिल गर्नका लागि २० खर्ब २४ करोड लगानी आवश्यक पर्ने कारोबार अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु