फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वव्यापीकरणको विरूद्ध जी-२० शिखर सम्मेलनको अडान

(GMT+08:00) 2019-06-25 18:42:18
चीनका राष्ट्राध्यक्ष सी चिनफिङ जापानमा हुने २० मुलुक समूहको नेतास्तरीय १४औं शिखर सम्मेलन अर्थात् जी-२० शिखर सम्मेलनमा सहभागी हुनका लागि यसै बिहीबार जुन २७ तारिख जापानको ओसाका शहरतर्फ प्रस्थान गर्नुहुने योजना छ। चीनका राष्ट्राध्यक्ष सी यो सम्मेलनमा निरन्तर रूपमा सहभागी हुन लागेको यो सातौं पटक पनि हो। ती गएका शिखर सम्मेलनहरूमा चीनका नेताहरूले विश्वको आर्थिक नियन्त्रणका लागि सुधार गर्ने प्रस्तावहरू प्रस्तुत गर्नुका साथै चीनको उत्कृष्ट विचार पनि बाहिर सार्वजनिक गरेका थिए। यसबाट चीनले जी-२० सहकार्यमा धेरै महत्व दिएको साथै एउटा ठूलो मुलुकको जिम्मेवारी निर्वाह गरेको देखिन्छ।

सन् २००८ मा अमेरिकाको वित्तीय संकटबाट विश्वभरि प्रभाव पर्यो। सो संकट टार्नका लागि जी-२०का २० मुलुकहरूका नेताहरूले अमेरिकाको वाशिङ्टनमा भेला भई सँगसँगै वैचारिक आदान-प्रदान र समस्या समाधानका उपायबारे छलफल गरेका थिए। विकासोन्मुख मुलुक तथा नयाँ आर्थिक संगठनहरूले सो संकट रोक्ने कार्यमा धेरै महत्वपूर्ण भूमिका खेलेका थिए र जी-२०का विभिन्न सदस्य मुलुकहरूले मौद्रिक प्रोत्साहन तथा आर्थिक राजनीतिको खुलापनका साथै आर्थिक नियामक सुधार गर्ने उपायहरू प्रयोग गरेका थिए। यसैगरी सो वित्तीय संकट राम्रोसँग नियन्त्रण गरिएको र विश्व बजारमा विश्वास थपिएको थियो।

बितेका दश वर्षयता जी-२० शिखर सम्मेलन "संकट समाधान गर्ने प्रणाली"बाट अन्तर्राष्ट्रिय आर्थिक "दीर्घकालीन नियन्त्रण प्रणाली"तिर परिवर्तन भइसकेको छ साथै अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रको महत्वपूर्ण बहुपक्षीय प्रणाली पनि बनिसकेको छ। तर हाल एकपक्षीयतावाद, संरक्षणवाद र विश्वव्यापीकरणको विरूद्ध फेरि अमेरिका आफैंले विशेष बनाएको व्यापारिक विवाद अहिले गम्भीर बन्दैआएको देखिन्छ। यसैबाट जी-२० समूहका सदस्य मुलुकहरूमा विभिन्न प्रभाव पारेको र यस पटकको जी-२० शिखर सम्मेलनलाई अझ बढी चुनौती ल्याइएको देखिन्छ।

यस पटक जी-२०का सदस्य मुलुकहरूले उपर्युक्त चुनौती र अनिश्चितताको समाधान नै विश्वका विभिन्न पक्षलाई नभई नहुने कुरा हो। यस कारणले जी-२० शिखर सम्मेलनको उद्देश्य र अडान धेरै महत्वपूर्ण देखिन्छ।

जी-२०का मुलुकहरूको जनसंख्या विश्वव्यापी कुल मात्राको ६६ प्रतिशत पुगेको छ र जसको आर्थिक कुल मात्रा विश्वको कुल मात्राको ८५ प्रतिशत छ। साथै जी-२०को अन्तर्राष्ट्रिय व्यापारिक मात्रा विश्वको कुल मात्रामा ७५ प्रतिशत छ र विश्वव्यापी लगानी मात्रामा जी-२०को मात्रा ८५ प्रतिशत छ। गएका दशौं वर्षदेखि जी-२०को इतिहास अनुसार यी सदस्य मुलुकहरूले आर्थिक क्षेत्रमा सामान्य मतभेदहरू पन्छाई साझा सहमतिको विन्दु पत्ता लगाउने साथै सहकार्यमूलक राजनीतिक खुलापनको नीति लिने हो भने जी-२० समूहको बहुपक्षीय प्रणालीले अवश्य नै हालको संकटको समाधान गर्नसक्छ र विश्वको आर्थिक विकासलाई स्वस्थ बाटोमा सार्न सकिने छ।

जी-२० समूहको एक सदस्य मुलुक चीनले एक श्रृंखलाका महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गरेर स्पष्ट अडान लिएको छ। यो वित्तीय संकटबाट ल्याइएका आतंक र चुनौतीको समाधान गर्नका लागि महत्वपूर्ण देखिन्छ। चीनले विश्वको आर्थिक विकासको लागि केही राजनीतिहरू उपाय अपनाएको छ:आर्थिक विकासको नयाँ उपाय, आर्थिक वृद्धिमा नयाँ शक्ति, विश्वव्यापी आर्थिक नियन्त्रण प्रणालीको स्थापना, खुलापनयुक्त आर्थिक राजनीति र आर्थिक दिगो विकासको सिर्चना समेतका विचारहरू प्रस्तुत गरेको छ। यसबाट हेर्दा चीन एउटा ठूलो मुलुकले आफ्नो जिम्मेवारी वहन गर्ने अडानमा देखिन्छ।

जानकारी तथा लेखहरु