फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# प्रजातन्त्र र नयाँ जीवन-2

(GMT+08:00) 2019-06-26 14:37:02

पहिला चिनारी कार्यक्रममा मैले युआन श खाईको बारेमा चर्चा गरिसकेकी छु। उ स्यु सुधारको अवसरमा उनले एकातिर सम्राट क्वाङ स्युलाई इमान्दार रूपमा सहयोग गर्न प्रतिवद्धता व्यक्त गरे तापनि अर्कातिर मुमा बडामहारानी छी सीलाई लुकीछिपी जासुसी गएका थिए। त्यस्तो खतरा उपायद्वारा युआन श खाई छिङ सरकारका उच्च पदाधिकारी नियुक्त भएर महत्वपूर्ण सैन्य शक्ति आफ्नो हातमा लिए। सन् 1912 फेब्रुअरी 13 तारिखका दिन उनले सन्देश पठाएर प्रजातन्त्रलाई समर्थन व्यक्त गरेका थिए। त्यसका साथै बाध्यतामा सुन चुङ शानले संसदसमक्ष राजीनामा गरेका थिए। सोही महिनाको 15 तारिख संसदले युआन श खाईलाई अस्थायी सरकारका राष्ट्रपतिको निर्वाचन गरेको थियो।

तर देशको शासन अधिकार पाएको युआन श खाईले सम्राट बन्ने सपना बनाएका थिए। सन् 1916 जनवरी 1 तारिख उनले सम्राटको शपथग्रहण गरेका थिए। तर उनको गतिविधि ऐतिहासिक प्रवृतिसँग पश्चगामी भएको हुनाले उनका विश्वासीहरूले पनि विरोध गरेका थिए। लगभग 81 दिन मात्रै उनी सम्राट भए। त्यसपछि युआन श खाइको मृत्यु भयो। उनको सम्राट बन्ने सपना पनि समाप्त भयो।

युआन श खाईले शासन गर्दा आफ्नो आधिकारिक तानाशाह शासन गर्नका लागि कन्फ्युसियसको सम्मान र पुरानो संस्कृति प्रसार गर्ने प्रस्ताव गरेका थिए। प्रजातन्त्रको सुरक्षा र पिछाडिको विरोधका लागि सन् 1915 देखि चिनियाँ विचार तथा संस्कृति क्षेत्रमा नयाँ संस्कृतिको आन्दोलन सुरू भएको थियो। नयाँ संस्कृति आन्दोलनको मुख्य विषय प्रजातन्त्र, विज्ञान र नैतिकताको प्रसार थियो। उक्त आन्दोलनले सर्वसाधारणलाई पुरानो विचारबाट मुक्त गरेको थियो।

1  2  3  
जानकारी तथा लेखहरु