फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# प्रजातन्त्र र नयाँ जीवन-2

(GMT+08:00) 2019-06-26 14:37:02

सन् 1918 मा बेलायत, अमेरिका, फ्रान्सलगायत देशहरूले जर्मनी तथा अस्ट्रियालगायत देशहरूलाई पराजित गरेपछि पहिलो विश्व युद्ध समाप्त भयो। सन् 1919 मा विजयी देशहरूले पेरिसमा शान्ति-सम्मेलन आयोजना गरेका थिए। चीनले जर्मनी तथा अस्ट्रिया आदि देशसँग युद्ध गर्ने घोषणा गरेको हुनाले विजयी मुलुकको हैसियतमा चिनियाँ प्रतिनिधिले शान्ति-बैठकमा भाग लिएका थिए। चिनियाँ प्रतिनिधि मण्डलले चीनमा साम्राज्यवादको विशेष अधिकार रद्द गर्ने आदि उचित आग्रह गरेका थिए। तर बेलायत, अमेरिका, फ्रान्स आदि देशहरूले चीनको उचित अनुरोधको वेवास्ता गरेर शान्ति-सन्धिमा चिनियाँ शानतुङ क्षेत्रमा जर्मनीको अधिकार र फाइदा जापानलाई हस्तान्तरण गर्ने निर्णय गरेका थिए। त्यो कुराको जानकारी चीनमा फैलिएपछि विभिन्न क्षेत्रका सर्वसाधारणले विविध तरिकाद्वारा विरोध गरेका थिए। मे 4 तारिखका दिन पैचिङमा विभिन्न विद्यालयका लगभग तीन हजार जना विद्यार्थीहरू थ्यान आन मन चोकमा भेला भएर विरोध जुरूस गरेका थिए। जसबाट भव्य मे 4 देशभक्त आन्दोलन सुरू भएको थियो। तत्कालीन सरकारले सैन्य दमन गरेर हजारौँ विद्यार्थीहरु पक्राउ परेको थियो। जसले देशभरि आक्रोश र रीस फैल्याउने काम गर्‍यो।

जुन महिनामा शाङहाईमा श्रमिक, विद्यार्थी र व्यापारीले बन्द गरेका थिए। सर्वसाधारणको दवावमा तत्कालीन सैन्य सरकारले पेरिस शान्ति सन्धिमा हस्ताक्षर गर्न अस्वीकर गर्‍यो। मे 4 देशभक्त आन्दोलन सफल भयो।

मे 4 आन्दोलन सम्राज्यवाद र सामन्तवादको पूर्ण विरोध गर्ने देशभक्त आन्दोलन हुनुका साथै प्रजातन्त्र तथा विज्ञानका लागि विचारको मुक्त आन्दोलन पनि हो। यस आन्दोलनबाट चिनियाँ प्रजातान्त्रिक क्रान्ति नयाँ चरणमा प्रवेश गरेको छ।

आगामी जुलाइ एक तारिखका दिन चिनियाँ कम्युनिष्ट पार्टीको 98 औँ स्थापना दिवस हुनेछ। सन् 1921 मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनादेखि चीनको क्रान्तिमा नयाँ परिवर्तन भयो।


1  2  3  
जानकारी तथा लेखहरु