फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन जोड्ने पासाङल्हामु मार्ग सुधार कार्य सुरु

(GMT+08:00) 2019-06-26 15:04:30
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने पासाङल्हामु मार्ग सुधार कार्य सुरु भएको छ। सडक जीर्ण भएको र दुर्घटनाको जोखिम बढेका कारण मर्मतको काम सुरु गरिएको हो। डिभिजन सडक कार्यालय नुवाकोटले रसुवा खण्डको बेत्रावती–कालिकास्थान र स्याउबारीदेखि धुन्चे सडकलाई दुई भागमा विभाजन गरेर काम अघि बढाएको जनाएको छ। कालिका गाउँपालिका ३ को ईटपारेमा हिम पाइप कल्भर्ट मर्मत भएको छ भने सडक खण्डमा केही दिन ठूला सवारी साधन सञ्चालन गर्न पाइने छैन। रसुवा खण्डमा सुधारको काम सुरु भएसँगै ठूला सवारी साधन नाका जोड्ने छोटो दूरीको मैलुङ्ग स्याफ्रुबेसी सडकमा सञ्चालन हुनेछ।

कार्यालयले केही दिनका लागि ठूला गाडीलाई मैलुङ–स्याफु्रबेशी सडक खण्डमा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा सडक डिभिजन र रसुवामा रहेका जलविद्युत आयोजनाको सहयोगमा सडक सुचारु गर्ने गरिएको छ। गतसाता अर्थमन्त्री डा. युवराज खतिवडाले रसुवाको स्थलगत भ्रमण पछि मर्मत कार्य सुरु गर्न तथा आगामी वर्षका लागि आठ अर्ब रुपियाँ मर्मतका लागि विनियोजन भएको बताईएको छ। लामो समयदेखि पासाङल्हामु सडक निकै जीर्ण हुँदा दुर्घटनाको जोखिम बढ्ने र रसुवागढी नाकामा चल्ने दैनिक चार पाँच सयवटा कन्टेनर चल्ने सडक स्तरोन्नति गर्न माग भएको थियो। जिल्लालाई मात्र नभई चीनसँग सञ्चालनमा रहेको एक मात्र व्यापारिक सडक जीर्णहुँदा समय समयमा गाडीहरु रोकिने, कन्टेनर पल्टिने जस्ता समस्या रहेको गोरखापत्र अनलाइनमा खबर छ।

जानकारी तथा लेखहरु