फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी-२० ओसाका सम्मेलनबारे चीनको परराष्ट्र मन्त्रालयको अपेक्षा

(GMT+08:00) 2019-06-26 15:19:53
चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ् श्वाङ्ले जुन २५ तारिख पत्रकार सम्मेलनमा बोल्दै जापानको ओसाका शहरमा आयोजना हुन लागेको बीस वटा मुलुक समूह अर्थात् जी-२० नेतास्तरीय १४औं शिखर सम्मेलनले बहुपक्षीयतावाद, खुलापनयुक्त नीति र सहकार्यमार्फत् साझा विजयलाई समर्थन दिने साथै एकपक्षीयतावाद, संरक्षणवाद र हिंसात्मक गतिविधिको प्रतिरोधको अडान लिने चीनको अपेक्षा रहेको कुरा बताउनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

चीनले सँधै नै स्वायत्त व्यापारको विचार सक्रिय रूपमा प्रसारण गरेको छ र कानूनी तथा राजनीतिक आधारमा बहुपक्षीय व्यापारिक प्रणालीको संरक्षण गर्दैआएको प्रवक्ता कङ्ले बताउनुभयो। उहाँले हाल चीन विश्वमा विभिन्न व्यापारिक प्रतिबन्धमा परेका पीडितहरूमध्येको एक हो भन्दै यसैले एकपक्षीयतावाद, संरक्षणवाद र हिंसात्मक गतिविधिको प्रतिरोध गर्ने अडान चीनले दृढताका साथ लिएको कुरा बताउनुभयो।

प्रवक्ता कङ्ले जी-२० ओसाका सम्मेलनको अवधिमा विभिन्न पक्षसँग हाल विश्वको आर्थिक परिस्थितिबारेमा वैचारिक आदान-प्रदान गर्न चीन इच्छुक रहेको भन्दै अन्तर्राष्ट्रिय व्यापारको वृद्धि, विश्व आर्थिक विकास, विश्वव्यपी नियन्त्रणको सुधार र चुनौतीको समाधानका लागि एउटा सहमति वा उपाय खोज्नुपर्ने चीनको विचार पनि रहेको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु