फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको खुलापन विस्तृत पारिएकोमा जी-20 विशेषज्ञद्वारा प्रशंसा

(GMT+08:00) 2019-06-26 16:05:12
जी-20 राष्ट्रनायक ओसाका शिखर सम्मेलनअघि विभिन्न मुलुकका विशेषज्ञ र विद्वानहरूले जुन २५ तारिख ओसाकामा आयोजित 'खुला विश्व अर्थतन्त्रको स्थापना अन्तर्राष्ट्रिय मञ्च'मा भाग लिएका छन्। चीन, जापान, अमेरिका, बेलायत, क्यानाडा आदि मुलुकबाट आएका तीसभन्दा बढी विशेषज्ञ र विद्वानले हालै विश्व अर्थतन्त्रसमक्ष रहेको कठिनाइ र समाधान उपायबारे आफ्ना विचार व्यक्त गरेका छन्। उनीहरुले चीनले बहुपक्षीयतावादको संरक्षण गरेको र विश्व शासन प्रणालीको सुधारका क्षेत्रमा निर्वाह गरेको सक्रिय भूमिकाको उच्च मूल्यांकन गरेका छन्।

अहिले विश्वमा सैयौं वर्षमा नदेखिएको परिवर्तन भएर व्यापारिक संरक्षणवाद, विश्वाव्यापीकरणका विरुद्ध लोकप्रियतावाद आदि विश्वव्यापी चुनौती निरन्तर उत्पन्न हुनुका साथै अमेरिकाले उचालेको व्यापारिक घर्षणको गम्भीर प्रवृत्ति देखापरेको अवस्थामा विश्वव्यापीकरण एउटा बिथोल्न नसकिने ऐतिहासिक प्रवृत्ति हुनुका साथै व्यापारिक बाधाको सामना गर्न आफ्नो आर्थिक खुलापनलाई कायम राख्नुपर्ने विभिन्न मुलुकका विद्वानहरूले संयुक्त धारणा राखेका छन्।

जानकारी तथा लेखहरु