फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबी निवारण नै चिनियाँ मानव अधिकार कार्यको ठूलो सफलता

(GMT+08:00) 2019-06-26 16:09:08
संयुक्त राष्ट्र संघ,मानव अधिकार राज्य परिषद सम्मेलनको ४१औं बैठकका अवधिमा चिनियाँ मानव अधिकार अनुसन्धानले आयोजना गरेको "नयाँ चीनको स्थापनाको ७० वर्षमा चिनियाँ मानव अधिकार कार्यको विकास तथा प्रगति"विषयक मञ्च जुन २५ तारिख स्विट्जरल्याण्डको जेनेभामा शुरू भयो। सो मञ्चमा चिनियाँ मानव अधिकारका विद्वानले नयाँ चीनको स्थापना भएको ७० वर्षयता चिनियाँ मानव अधिकार कार्य उल्लेखनीय रूपमा प्रगति भएको र जसमा गरिबी न्यूनीकरणको कार्य सबैभन्दा उत्कृष्ट भएको कुरा व्यक्त गरेका छन्।

बितेका ७० वर्षयता चीनमा जम्मा ७० करोड भन्दा बढी गरिबहरूले बिल्कुल गरिबीलाई जितेका छन् जुन जनसंख्या विश्वव्यापी गरीब जनसंख्याको ७० प्रतिशत पुगेको साथै यसले विश्वको इतिहासमा एउटा चमत्कार सिर्जना गरेको जनाइएको छ। यसको कारणले चीनमा गरिबी निवारण कार्य चिनियाँ मानव अधिकार कार्यको सफलतासित जोडिन्छ।

स्विट्जरल्याण्ड, सिंगापुर, भेनेजुएला र म्यानमारबाट आएका कूटनीतिज्ञहरू लागयतका अरू अन्तर्राष्ट्रिय संगठनका अधिकारीहरू जम्मा गरी ४० जना उपर्युक्त मञ्चमा सहभागी भएका छन्।

जानकारी तथा लेखहरु