फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आपसी हितयुक्त र साझा विजय नै चीन-अफ्रिका सहयोगको विश्व शक्ति

(GMT+08:00) 2019-06-26 18:51:02
चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलन उपलब्धीको व्यवहारिक कार्यान्वयन सम्बन्धी बैठक यस साता पैचिङमा आयोजित भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बधाई सन्देश पठाउँदै चीन-अफ्रिकाले संयुक्त परामर्श, संयुक्त निर्माण र संयुक्त शेयर गर्ने नीतिलाई अपनाएर अझ घनिष्ठ चीन-अफ्रिका भाग्य एकरुपताको स्थापना गर्ने आशा लिएको बताउनुभएको थियो। भोलि जुन सत्ताईस तारिखदेखि पहिलो चीन-अफ्रिका आर्थिक व्यापारिक एक्स्पो चीनको छाङ्ग शा सहरमा आयोजना हुँदैछ। उक्त एक्स्पोले चीन-अफ्रिका आर्थिक व्यापारिक सहयोगको नयाँ बाटो तथा नयाँ कदम खोज्ने र अघि बढ्ने उद्देश्य लिएको छ।

गत वर्षको सेप्टेम्बरमा चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलन सफल रुपमा आयोजित भएर चीन र अफ्रिका आदानप्रदान इतिहासमा एउटा कोसेढुङ्गा जस्तै महत्वपूर्ण सावित भएको थियो। शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सीले नयाँ युगमा अझ घनिष्ठ चीन-अफ्रिका भाग्य एकरुपताको स्थापना गरेर अफ्रिकी मुलुकसँग घनिष्ठ सहयोग गरी भविश्यको एक अवधिमा अफ्रिकासँग सहयोग गर्ने 'आठ वटा कार्वाही' लाई व्यवहारमा उतार्ने औंल्याउनुभयो। यी आठ वटा कार्वाहीमा व्यवसायको विकासलाई अघि बढाउने, पूर्वाधार प्रबन्धलाई जोड्ने, व्यापारलाई सहजीकरण गर्ने, हरित विकास गर्ने, मानवीय आदानप्रदान गर्ने आदि क्षेत्र समावेश भएका छन्।

चीन-अफ्रिका विभिन्न स्तरको सहयोग पैचिङ शिखर सम्मेलनपछि स्पष्टसँग बढी हुँदै आएका छन्, उदाहरणको लागि चीन-अफ्रिकाले सफल रुपमा 'शान्ति सुरक्षा कार्वाही वार्ता बैठक'को आयोजना गरेका थिए, चीनले राष्ट्रिय स्तरको अफ्रिका अध्ययन थिङ्कट्याङ्क——अफ्रिका प्रतिष्ठानको स्थापना गरेको थियो, चीन र अफ्रिकी मुलुकले भविश्यका तीन वर्षमा लागू गर्ने 880भन्दा बढी सहयोगात्मक परियोजना तय गरेका थिए। यसबाट चीन-अफ्रिकाबीचको सहयोग निरन्तर अगाडि सारिनुका साथै प्रशस्त जीवन्त शक्ति र विस्तृत स्थान रहेको देखापरेको थियो।

चीन-अफ्रिका सहयोग निरन्तर गुणस्तरमा उकासिनुका साथै उच्च स्तरमा पुर्याइएको, यसले आपसी विकासको आवश्यकतालाई पूरा गरेर अन्तर्राष्ट्रिय परिस्थितिको परिवर्तनलाई पनि प्रतिक्रिया दिएको थियो। चीन-अफ्रिकाले सहयोगलाई सबल पार्नु आपसी हितयुक्त साझा विजय नीतिको अनुकूल रहेको छ। चीन-अफ्रिका गत वर्ष व्यापारिक कूल रकम 2 खर्ब 4 अर्ब 20 करोड अमेरिकी डलरमा पुग्नुका साथै परारको सोहि अवधिको तुलनामा बीस प्रतिशतले वृद्धि भएको छ। चीन निरन्तर दश वर्षमा अफ्रिकाको सबैभन्दा ठूलो व्यापारिक साझदार बनिसकेको छ। हालै चालीसभन्दा बढी अफ्रिकी मुलुक र अफ्रिका लिग समितिले चीनसँग 'बेल्ट एण्ड रोट'सम्बन्धी सहयोगात्मक सन्धिमा हस्ताक्षर गरेका थिए। मोम्बासा- नैरोबी रेलवै, सुएज नदी आर्थिक व्यापारिक सहयोग क्षेत्र आदि प्रतिनिधि परियोजनाले अफ्रिकी मुलुकको आर्थिक सामाजिक विकासलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

हालै विश्वमा सैयौं वर्षमा नदेखिएको परिवर्तन देखिएको अवस्थामा विकासोन्मुख मुलुक मिलिजुली रुपमा उदय हुने प्रवृत्ति स्पष्ट भएको छ। चीन र अफ्रिकाले सहयोग गरी विकासोन्मुख मुलुकको शक्ति बलियो बनाउने, अझ घनिष्ठ चीन-अफ्रिका भाग्य एकरुपताको स्थापना गरी आफ्ना जनतालाई अझ बढि हित कल्याण पुर्याउनुका साथै विश्वले आवश्यक पर्ने सक्रिय शक्ति पनि रहेको छ।

जानकारी तथा लेखहरु