चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जी-२० नेता स्तरीय शिखर सम्मेलनमा सहभागी हुन जापानतर्फ प्रस्थान गर्नुअघि "पाण्डा कप" नामक जापानी राष्ट्रिय युवास्तरीय लेख प्रतियोगितामा प्रथम पुरस्कार जितेका जापानी लेखक नाकाजिमा दाइतीले एउटा सन्देश राष्ट्राध्यक्ष सीलाई पठाएका थिए। सो सन्देशमा सी चिनफिङलाई अभिवादन गर्दै चीन-जापानबीचको मैत्रीपूर्ण कार्यमा सहभागी हुने अपेक्षा पनि व्यक्त गरिएको छ।
नाकाजिमा दीर्घकालीन चिनियाँ भाषा र चिनियाँ साहित्य अध्ययन गरिरहेका साथै लेख प्रतियोगिता तथा चीनमा आदान-प्रदान गर्ने कार्यक्रममा सक्रिय रूपमा सहभागी भएका युवा हुन्। यसबाट उनले चीनबारे अझै बढी बुझ्नुका साथै चिनियाँ साथीसँग मैत्रीपूर्ण सम्बन्धलाई गहन बनाएको देखिन्छ। यो कुरा सुनेर आफूलाई धेरै खुशी लागेको कुरा राष्ट्राध्यक्ष सीले आफ्नो जवाफी सन्देशमा लेख्नुभएको छ।