फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा नानचिङ सहरका कलाकारद्वारा नेपाली नाचगान

(GMT+08:00) 2019-06-27 15:27:03
चिनियाँ कलाकारले 'रेशम फिरिरि...' गाउँदा नेपालीले ताली नबजाउने कुरै भएन । बुधबार राजधानीमा चीनको नानचिङ सहरका कलाकारले आकर्षक नृत्य मात्रै हैन, नेपाली गीतसमेत गाएका छन्।

काठमाडौं महानगर र नानचिङ सहरबीच संस्कृति, सभ्यता र सम्पदाजन्य ज्ञान आदानप्रदानका लागि मितेरी सम्बन्धको सम्झौता गरिएको कार्यक्रममा 'आजका हामी कोपिला...' लगायत नेपाली गीत गाएका हुन्।

नानचिङ लिटिल रेड फ्लावर आर्ट ग्रुपका कलाकारले ३६ प्रकारका हातका मुद्राहरूमार्फत प्रस्तुत गरेको परम्परागत चिनियाँ नृत्य 'तुङ हु आङ' पनि लोभलाग्दो थियो । कलाकारले यसबाहेक एक दर्जन प्रस्तुति दिएको कान्तिपुर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु