फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा खुलापन विस्तृत पार्नेबाट संरक्षणवादमाथि प्रहार

(GMT+08:00) 2019-06-27 17:07:30
'एप्पल कम्पनीले व्यवसायिक उपलब्धी घटाएर समायोजन गरेको छ।''अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व आर्थिक वृद्धिदर कम प्रक्षेपण गरेको छ।''जापान केन्द्रिय बैंकले राष्ट्रिय गार्हस्थ उत्पादन मात्राको वृद्धिदरलाई कम हुनेगरी समायोजन गरेको छ।'

विगत एक वर्षमा, अन्तर्राष्ट्रिय आर्थिक समाचारमा धेरै यस्ता रिपोर्ट देखापरेका थिए। दश वर्षअघि अन्तर्राष्ट्रिय मौद्रिक संकटबाट गुज्रिएको विश्व अर्थतन्त्र विस्तारै पुनरुत्थान हुँदै गर्दा नयाँ विशाल खतरा पनि देखा परेको छः व्यापारिक संरक्षणवादले विश्व अर्थतन्त्रलाई फेरि एकपटक ह्रासको अवस्थामा लैजान लागेको छ। आसन्न जी-20 राष्ट्रनायक ओसाका शिखर सम्मेलनमा व्यापारिक संरक्षणवादको सामना गर्न सशक्त उपाय प्रस्तुत गरिएर विश्व अर्थतन्त्रलाई वृद्धिको बाटोमा डोर्याउने अपेक्षा सारा विश्वले गरिरहेको छ।

सन्2013मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले 'खुला विश्व अर्थतन्त्र स्थापना'का बुँदा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस प्रस्तावले विकसित प्रवृत्ति अनुकूल विभिन्न मुलुकका जनताको आशा पनि अनुकूल पारेको थियो। यस प्रस्तावले विश्वले हालै र भविश्यमा चुनौतीको सामना गर्न व्यवहारिक समाधानका उपायहरू प्रदान गरेको थियो।

यस वर्षको मार्चमा चीनको सर्वोच्च आधिकारिक संगठनमा 《विदेशी लगानी कानून》पारित भएर कानूनको रुपमा चीनको खुलापनको संकल्प निश्चित पारेको छ। एउटा खुलापन विस्तृत पारेको नयाँ परिस्थिति पनि स्थापना भएको छ।

अन्तर्देशीय व्यवसायले निरन्तर रुपमा चीनमा लगानी थपेका थिए। चीनको वाणिज्य विभागको पछिल्लो तथ्यांक अनुसार, यस वर्षको अघिल्ला पाँच महिनामा चीनले वास्तविक प्रयोग गरेको वैदेशिक लगानीको रकम तीन खर्व 69अर्व बराबर चिनियाँ युआन पुग्नुका साथै गत वर्षको सोहि अवधिको तुलनामा 6.8प्रतिशतले वृद्धि भएको छ। विश्व वैदेशिक प्रत्यक्ष लगानी स्पष्ट रूपमा मन्द भएको पृष्ठभूमिमा यस वृद्धि दरले विदेशी व्यवसायको चिनियाँ बजारमाथि विश्वास खडा गरेको छ।

चीनले अझ बढी खुलापनलाई विस्तृत पारेको विषयलाई अन्तर्देशीय व्यवसायले स्वागत गर्नुका साथै अल्पविकसित क्षेत्रले पनि यसबाट हित कल्याण प्राप्त गरेको छ। केन्या रिइम्याजिन्ड अन्तर्राष्ट्रिय कम्पनीका प्रमुख हन्नाह वान्जे राइडरले सन्2000 मा चीनले अफ्रिका बाहेक मुलुकबाट आयात गरेको रकम अफ्रिकाबाट आयात गरेको रकमको 44गुणा बढी हुनुका साथै अहिले यो संख्या 22गुणा भएर एउटा ठूलो प्रगति रहेको बताउनुभएको छ। अमेरिकाले सन्2000 मा अफ्रिका बाहेकका मुलुकबाट आयात गरेको रकम अफ्रिकाबाट आयात गरेको रकमको 43गुणाबाट अहिलेको 73गुणा विस्तृत गरेको बताउँदै उहाँले अमेरिकी बजार अफ्रिकाका लागि बन्द भएको बताउनुभएको छ। उहाँले विकसित आर्थिक समूहले चीनको नमूनाबाट व्यापारिक बाधा हटाएर कम विकसित अफ्रिकी क्षेत्रलाई मद्दत गर्दै विश्व आर्थिक विकासको बाटोमा ल्याउने आशा लिनुभएको छ।

अघिल्ला जी-20शिखर सम्मेलनमा चीनले आफ्नो खुलापनलाई विस्तृत पारेको अनुभवबाट बहुपक्षीयतावादको संरक्षण गर्ने, विश्व शासनमा पूर्णता दिलाउन चिनियाँ बुद्धि प्रदान गरेको थियो। यस पटकको ओसाका शिखर सम्मेलनमा चीनले निरन्तर आफ्नो अनुभव शेयर गर्ने छ। चीनले एउटा जिम्मेवार मुलुकको रुपमा यस्तो कार्यभार लिनुका साथै विश्वले पनि चीनमाथि यस्तो अपेक्षा गरेको छ।

जानकारी तथा लेखहरु