फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भन्सार करको त्रासद्वारा समस्याको समाधान गर्न नसकिने

(GMT+08:00) 2019-06-27 19:58:25
चीन र अमेरिका दुवै देशका राष्ट्रनायकबीच जी-२० ओसाका शिखर सम्मेलन अवधिमा भेटघाट हुने कार्यक्रम रहेको छ। तर यस उपलक्ष्यमा केही अमेरिकी व्यक्तिहरूले यदि चीन र अमेरिका दुवै पक्षबीच आर्थिक-व्यापारिक सम्झौता सम्पन्न हुन नसकेमा अमेरिकाले चीनमाथि अरु थप भन्सार कर लगाउने धम्की दिएका छन्। यो कारवाई दुवै देशका राष्ट्रनायक बीच सम्पन्न मतैक्यता विपरीत हुनुका साथै हाल दुवै देशका राष्ट्रनायकबीच टेलिफोन वार्ताको सिद्धान्तसित मेल नखाने पनि देखिन्छ। जुन साँच्चिकै समस्याको समाधान गरिने धारणा होइन।

आर्थिक-व्यापारिक समस्याको समाधान गर्ने चीनको अडान रहिरहेकाले सधैं नै समान रुपमा संवार्तालाई कायम राख्नुका साथै एकले अर्काको उचित ख्याल-विचार गर्दै आएको छ। बितेको एक वर्षदेखि चीनले सबभन्दा ठूलो सदिच्छा बोकेर सक्दो प्रयासमार्फत अमेरिकासँग जम्मा ११ चरणको चीन-अमेरिका आर्थिक व्यापारिक उच्चस्तीय छलफल गरेर ठूलो प्रगति पनि प्राप्त गरेको छ। तैपनि अमेरिकाले आफ्नो वचनका विपरीत निरन्तर रुपमा भन्सार करलाई उकास्दै आएको छ। अमेरिकाको यस कारवाईले चीन र अमेरिका बीचको छलफललाई गम्भीर रुपमा बिगारेको छ।

एक जिम्मेवार आर्थिक समुदायको हैसियतले चीनले सारा विश्वको आर्थिक वृद्धिको भविष्य र जनताको हितको संरक्षणका लागि विवेकपूर्ण रुपमा चीन-अमेरिका आर्थिक व्यापारिक समस्याको व्यवहार गर्नुपर्छ। तर कुनै पनि दबाव र त्रासले चीनलाई तर्साउन सक्दैन। जुनसुकै चुनौतीको सामना गर्न चीन तत्पर छ।

जानकारी तथा लेखहरु