फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले खुलापनलाई अझ विस्तार गर्नेबारे नयाँ कदमबारे घोषणा

(GMT+08:00) 2019-06-28 21:55:56
जी २० समूहको चौधौं शिखर सम्मेलन २८ तारिख जापानको ओसाकामा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शिखर सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्दै हातमा हात मिलाएर सँगै मिलेर उच्चस्तरीय विश्व अर्थतन्त्रको निर्माण गर्न विभिन्न पक्षहरूसित आह्वान गर्नुभएको छ। यसबाहेक उहाँले हाल चीनले बजारलाई अझ खुला पार्ने लगायत पाँच बुँदे कदम पनि घोषणा गर्नुभएको छ।

यी पाँच वटा कदममा पहिलो भनेको निरन्तर रुपमा बजारलाई खुला गर्ने, दोस्रो सक्रिय रुपमा आयातलाई विस्तृत पार्ने, तेस्रो निरन्तर रुपमा व्यवसायिक वातावरणलाई सुधार्ने, चौथो चौतर्फी रुपमा चीनमा रहेका देशी विदेशी व्यवसायलाई समान सेवा गर्ने र पाँचौं जोडतोडका साथ आर्थिक व्यापारिक वार्तालाई अघि बढाउने भन्ने रहेका छन्।

खुलस्त विश्व अर्थतन्त्रको निर्माण गर्ने सकारात्मक सदस्यको हैसियतले राष्ट्राध्यक्ष सी चिनफिङले विविध ठाउँमा संयुक्त प्रयासमार्फत खुलस्त विश्व अर्थतन्त्रको निर्माण र संरक्षण गर्नुका साथै विश्व अर्थतन्त्रलाई स्वस्थ र जिवन्त रुपमा कायम राख्न विभिन्न मुलुकसँग आह्वान गर्नुभएको थियो। विभिन्न मुलुकका जनताहरूले चीनको खुलापनको वास्तविक प्रतिफलबाट चिनियाँ बौद्धिकता र चिनियाँ योजनाको विश्व मूल्य पनि बुझ्नसकेका छन्।

खुलस्त विकास, आपसी हितयुक्त र वीन-वीन (साझा जीत) भन्ने चीन र विश्वको साझा लक्ष्य नै हो। ओसाका शिखर सम्मेलनबाट विश्व सामु बहुपक्षीयतावादलाई कायम राख्ने, अन्तर्राष्ट्रिय प्रणाली र स्वतन्त्र व्यापारिक व्यवस्थाको संरक्षण गर्ने स्पष्ट संकेत दिन सकिने चीनको आशा रहेको छ।

जानकारी तथा लेखहरु