फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समानता र सम्मान मार्फत् चीन-अमेरिका आर्थिक व्यापारिक परामर्शलाई अघि बढाउने

(GMT+08:00) 2019-06-29 18:55:29
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आज जुन २९ तारिख जी-20 समूह राष्ट्रनायक ओसाका शिखर सम्मेलनको अवधिमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्नुभएको छ। दुई मुलुकका राष्ट्रनायकले चीन अमेरिकाले समानता र आपसी सम्मानका आधारमा पुनः आर्थिक व्यापारिक परामर्श शुरु गर्न स्वीकार गर्नुभएको छ। अमेरिकाले चीनबाट निर्यात गरिएको मालसामानमाथि नयाँ भन्सार कर नथप्ने वचन प्रकट गरेको छ। दुई मुलुकका आर्थिक व्यापारिक मण्डलले ठोस समस्याबारे छलफल गर्नेछन्।

चीन र अमेरिकाले आर्थिक व्यापारिक परामर्शलाई पुनः सुचारू गर्नाले सक्रिय संकेत देखाउनु दुई मुलुकका जन-इच्छा अनुकूल विश्वको अपेक्षा अनुरुप बजारको तनावपूर्ण भावनालाई सजिलो पार्नका लागि पनि हितयुक्त रहेको छ।

परामर्श पुनः शुरुपछि नतिजा के हुन्छ भने चीन दृढताका साथ आफ्नो बाटोमा हिंड्ने र आफ्नो कार्य राम्रो गर्ने छ। निरन्तर सुधार र खुलापनमार्फत आफूलाई बलियो बनाउनेछ, चीनसँग सबै खतरा र चुनौतीको सामना गर्ने आधारभूत उपाय रहेको छ।

जानकारी तथा लेखहरु