फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बहुपक्षीयतावादको समर्थनमा जी-२० ओसाका शिखर सम्मेलनको आग्रह

(GMT+08:00) 2019-06-30 15:19:17
बीस मुलुक समूहको नेतास्तरीय ओसाका शिखर सम्मेलन जुन २९ तारिख जापानमा सम्पन्न भयो। सो शिखर सम्मेलनबाट पारित संयुक्त घोषणा पत्रले जी-२०ले स्वतन्त्र, समान र भेदभावरहित, स्थिर व्यापारिक तथा लगानी वातावरण बनाउनुपर्ने र विश्व व्यापार संगठनको सुधारमा समर्थन दिनुपर्ने औंल्याएको छ। साथै "पेरिस सम्झौता"मा हस्ताक्षर गरेका जी-२० सदस्य मुलुकहरूले जलवायु परिवर्तन समस्या समाधानको नीति लागू गर्नुपर्ने विषयहरू पनि समेटेको छ। जी-२० शिखर सम्मेलनको अवधिमा सदस्य मुलुकका नेताहरूले दुवैपक्षीय र बहुपक्षीय कूटनैतिक कार्यक्रममा व्यस्त भएर शिखर सम्मेलनमा बहुपक्षीयतावादलाई प्रवर्द्धन गर्दै तथा चौतर्फी समस्याको समाधान गर्नसक्ने बन्दै अन्तर्राष्ट्रिय समाजको विश्वास पनि बढाएको ठानिएको छ।

सो शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन र एक श्रृंखलाका दुवैपक्षीय तथा बहुपक्षीय कूटनैतिक गतिविधिहरूमा अन्तर्राष्ट्रिय समाजले उच्च ध्यान र महत्व दिएको छ। उहाँले चीनको बजार आगामी दिनमा अझ बढी खुला, आयातमा वृद्धि, व्यापारिक वातावरणको सुधार र पूर्ण समानतामा अडिग हुँदै आर्थिक व्यापारिक परामर्शको प्रवर्द्धन यी पाँच वटा उपायबाट आर्थिक विश्वव्यापीकरणमा चीनले नयाँ शक्ति थप्ने बताउनुभयो।

जानकारी तथा लेखहरु