फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी लगानीका लागि चीन थप खुला

(GMT+08:00) 2019-07-01 16:20:46

हिजो जुन तीस तारिख चीन सरकारले सन् २०१९ विदेशी लगानी पहुँचका लागि विशेष व्यवस्थापन उपाय (नकारात्मक सूची) र स्वतन्त्र व्यापार प्रयोगात्मक क्षेत्रमा विदेशी लगानीको पहुँचका लागि विशेष व्यवस्थापन उपाय (नकारात्मक सूची) को औपचारिक रूपमा सार्वजनिक गरी चीनका अरू बढी क्षेत्रमा विदेशी लगानीकर्तालाई शेयर होल्डिङ वा पूर्ण स्वामित्व गर्न अनुमति प्रदान गरेको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जी बीस ओसाका शिखर सम्मेलनमा पाँच क्षेत्रलाई अरू खुला गर्ने घोषणा गर्नुभएपछि अठचालीस घण्टाभित्रै उक्त दुई सूची सार्वजनिक गरेर चीनको कार्यवाही क्षमता देखाएको छ।

चीनको पछिल्लो विदेशी लगानीको पहुँचको नकारात्मक सूचीमा तीनवटा विशेषता देखिन्छ। गत संस्करणको सूचीभन्दा नयाँ संस्करण अरू छोटो भएको छ। राष्ट्रिय संस्करणको सूची अठचालीस बुँदाबाट चालीस बुँदामा घटाइएको छ भने १६.७ प्रतिशत घटेको छ। स्वतन्त्र व्यापार क्षेत्र संस्करणको सूची ४५ बुँदाबाट ३७ बुँदामा घटेको छ भने १७.८ प्रतिशत घटेको छ। विदेशी लगानीलाई खुला गर्ने क्षेत्र चौतर्फी रुपमा कृषि, खानी, निर्माण, यातायात तथा ढुवानी, दूरसंचार, पूर्वाधार, संस्कृति आदि सेवा उद्योग लगायत छन्। स्वतन्त्र व्यापार क्षेत्रलाई खुलापन सम्बद्ध प्रथम संचालन अधिकारको निरन्तर रूपमा प्रदान गर्नेछ। जस्तो भनौँ स्वतन्त्र व्यापार क्षेत्रमा एक्वाटिक उत्पादन मत्स्य पालन, प्रकाशन मुद्रण आदि क्षेत्रमा विदेशी लगानीमाथिको सीमितलाई रद्द गरिएको छ। चीनको थप खुलापन कार्यवाहीबाट चीनका विदेशी व्यवसायलाई निश्चितता गरी ग्लोबल उद्योग शृङ्खलाको सहयोग बढाउन नयाँ योगदान प्रदान गरिएको छ।

केही वर्षयता चीनले सुधारको गहन र खुलापनको विस्तृत पारी विदेशी लगानीको पहुँच सूचीलाई घटिरहेको छ साथै विदेशी लगानी पहुँचको नकारात्मक सूचीबाहेकका सबै सिमितको रद्द गर्नेछ। उदाहरणका लागि शाङहाई स्वतन्त्र व्यापार क्षेत्रको नकारात्मक सूची पहिलाको १९० वटा सीमित कदमबाट हालको ३७ वटासम्म घटेको छ। संस्थागत खुलापनको महत्वपूर्ण कदमको रूपमा रहेको चीनको विदेशी लगानी ऐनले विदेशी व्यवसायको बौद्धिक सम्पत्ति र प्राविधिक संरक्षण, चीनमा विदेशी लगानीकर्ताको लगानी, लाभ, अरू बैधानिक अधिकारलाई स्पष्ट रूपमा तोकेको छ।

वास्तवमा खुलापन विस्तृत चीनले आर्थिक उच्च गुणस्तरीय विकास गर्ने र सर्वसाधारणलाई प्राप्त हुने भावना प्रदान गर्ने आवश्यक छनौट पनि हो। केही वर्षयता चीनको निर्माण उद्योगले विदेशी लगानीको पहुँचलाई आधारभूत रूपमा खुला गरेको छ साथै सेवा उद्योगको खुलापन पनि गतिशील भइरहेको छ।

तथ्यबाट प्रमाणित भइरहेको छ, विश्व जसरी परिवर्तन छ चीनले संयुक्त सल्लाह, निर्माण, वितरण विचार लिएर सबै साझेदारीसँग सहयोग गर्नेछ। विश्वव्यापीकरण बढाउने बाटोमा चीन भरोसा र विश्वास हुनसक्ने साझेदारी भइरहन्छ।

जानकारी तथा लेखहरु