फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुलापनमा चीन सधैँ प्रतिबद्ध

(GMT+08:00) 2019-07-02 20:12:19

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जी २० ओसाका शिखर सम्मेलनमा खुलापन विस्तार गर्ने पाँचवटा महत्वपूर्ण कदमको घोषणा गर्नुभयो। त्यसपछि चीनले तेह्रौं पटक ग्रीष्म डाभोस मञ्चमा चीनले खुलापनलाई अझ विस्तार गर्ने भन्नुभयो। उहाँले चीनले निर्माण उद्योगमा खुलापन बढाउने, वित्तीय सेवाहरू र अन्य सेवा उद्योगहरूमा पनि गहिरो रुपमा खुला गर्ने उल्लेख गर्नुभयो। यसका साथै बौद्धिक सम्पत्ति अधिकारलाई अझ संरक्षण गर्ने पनि उहाँले औंल्याउनुभयो। चीनको विदेशी लगानीको खुलापन, पारदर्शिता र भविष्य निश्चित बनाउने कार्य अझ उच्च हुने बताउनुभयो।

ओसाका जी २० शिखर सम्मेलन गत हप्ता सम्पन्न भएको हो। आगामी समयमा विभिन्न पक्षले चीनद्बारा खुलापन विस्तार गर्ने कार्यलाई लागू गर्नेछ। प्रधानमन्त्री ली ख छ्याङले जुलाई दुई तारिख डाभोस मञ्चको उद्धाटन समारोहमा चीनले वित्तीय उद्योगको गहन रुपमा बढाउने, ऋणपत्र बजारलाई दुई-तरिकाबाट खुला गर्ने आदि कदमको घोषणा गर्नुभयो। यी कदमहरुबाट जी २० ओसाका शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीद्बारा खुलापनलाई विस्तार गर्ने सम्बोधनको अझ कार्यान्वयन गरिएको सफलता हो। सोबाट खुलापन विस्तार गर्नमा चीन सधैं प्रतिबद्ध रहेको पुष्टि हुन्छ।

जानकारी तथा लेखहरु