फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस्तो छ, इयूले लगाएको प्रतिबन्ध फुकाउने प्रयास

(GMT+08:00) 2019-07-06 13:38:28

युरोपेली संघ (इयू)ले नेपाली जहाजलाई युरोपेली मुलुक उड्न प्रतिबन्ध लगाएको लामो समय भएको छ। नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार नेपालले इयूको कालो सूचीबाट हटाउन प्रयासहरु भइ रहेको छ। नेपाली जहाज धेरै दुर्घटना भएको भन्दै युरोपका देशहरुमा उडान अनुमति दिएको छैन। नेपालको हवाई उडानमा बढेको असुरक्षाबारे सन्तुष्ट नभएको भन्दै संघले सन् २०१३ देखि नेपाललाई प्रतिबन्ध लगाएको नेपाल खबर अनलाइनले लेखेको छ।

अन्तरार्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकोओ)ले सुरक्षा संवेदनशीलता भन्दै सन् २०१३ देखि लगाएको प्रतिबन्ध २०१७ मा प्रतिबन्ध हटाए पनि युरोपियन युनियनले अहिलेसम्म हटाएको छैन। दुर्घटना न्यूनीकरणका लागि पछिल्ला केही वर्ष यता धेरै हवाइ सुरक्षाका उपायहरु अपनाइहेको भन्दै दुर्घटना न्युनीकरण गर्न संभावित उपायहरु अपनाउने काम नेपाल सरकारको तर्फबाट भइरहेको महानिर्देशक पोखरेलले जानकारी दिनुभयो।

आईकाओले भने अनुसारका मापदण्ड भन्दा पनि धेरै कामहरु नेपालले गरिसके उहाँको भनाइ छ। ईयूले केही समयमै नेपालका जहाजलाई कालोसूचीबाट हटाउनेमा नागरिक उड्डयन प्राधिकरण विस्वस्त रहेको जनाएको छ। ईयूले भनेका धेरै मापदण्डहरु कार्यान्वयन भएका छन् र दुर्घटनाको संख्यामा पनि कमी आएको छ, प्राधिकरणले धेरै प्रतिवेदन ईयूलाई पठाएको बताएको छ।

युरोपियन युनियनको कालोसूचीमा नेपाल मात्र रहेको छैन। भेनेजुएला, इरान, इराक, नाइजेरिया, अफगानिस्तान, जिम्बाब्वे, एंगोला, कंगो, गावन लगायतका देशका विमान कम्पनी वर्षौदेखि ईयूको कालोसूचीमा रहेका छन्।

नेपाल वायु सेवा निगमका जहाजहरु वर्षौदेखि युरोपेली देशहरुको आकाशमा उडान गर्न पाएका छैनन्। योभन्दा अघि कालोसूचीले नेपाली विमान कम्पनीलाई खासै घाटा नलागेको भए पनि अब भने इयुले कालोसूचीबाट नहटाउँदा नेपाललाई 'भिजिट नेपाल' सन् २०२० नजिकै गर्दा ठुलो घाटा लाग्न सक्छ।

युरोपेली देशबाट नेपाल आउने पर्यटक पनि बढेका छन्। केही महिना अगाडी पर्यटन विभागले निकालेको तथ्याङ्ग अनुसार युरोपेली देशबाट २४ लाख तीन हजार दुई सय ८४ पर्यटकले नेपालको भ्रमण गरेका छन्। याे तथ्यांक गतवर्षको भन्दा २३ प्रतिशतले बढी हो।

जानकारी तथा लेखहरु