फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रा. डा. सूर्यप्रसाद सुवेदीलाई अक्सफोर्डको महाविद्यावारिधि

(GMT+08:00) 2019-07-06 13:38:52

विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले नेपाली प्रा.डा. सूर्यप्रसाद सुवेदी (क्यूसी, ओबिइ) लाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने निर्णय गरेको छ। प्रा. सुवेदीले आफ्ना अन्तर्राष्ट्रियस्तरका प्रकाशित कृतिबाट आफ्नो विधामा उत्कृष्ट योगदान गरे वापत उक्त उपाधि दिइएको कान्तिपुर अनलाइनले लेखेको छ।

अक्सफोर्ड जस्तो प्रतिष्ठित संस्थाबाट यस्तो सर्वोच्च उपाधि पाउँदा आफू गौरवान्वित भएको प्रा. सुवेदीले बताउनुभयो। विशिष्ट प्राध्यापकहरुले पनि विरलै प्राप्त गर्ने यस्तो उपाधि पाएपछि प्रा. सुवेदी बेलायतको विशिष्टतम प्राज्ञिक व्यक्तित्व भित्र पर्नु भएको छ। अन्तर्राष्ट्रिय कानुनको विकासमा उल्लेखनीय योगदान गरे वापत बेलायती महारानीबाट उहाँले सन् २००४ मा 'ओबिइ' को उपाधि पाउनु भएको थियोश्र आफ्नो तीव्र कलममार्फत संसारभरि पढिने उच्चस्तरका ग्रन्थद्वारा न्यायपूर्ण संसारको विकासका लागि योगदान गरिरहने उहाँको कामलाई कदर गर्दै बेलायतकी महारानीले सन् २०१७ मा अर्को ठूलो कानूनी उपाधि 'क्यूसी' प्रदान गर्नु भएको थियो।

अक्सफोर्ड विश्वविद्यालयबाटै उत्कृष्ट शोधग्रन्थ वापतको पुरस्कारसहित सन् १९९३ मा विद्यावारिधि गर्नु भएका प्रा. सुवेदीले नेपालमा पनि विभिन्न मान पदवी र पुरस्कार प्राप्त गर्नु भएको छ। यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सबैभन्दा ठूला र धेरै मान सम्मानले विभूषित एवं प्राज्ञिक तथा शैक्षिक उपाधि प्राप्त गर्ने सम्भवतः अर्को नेपाली छैन्।

त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गर्नु भएका प्रा. सुवेदीले बेलायतको हल विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भई स्नातकोत्तर गर्नु भएको थियो।

जानकारी तथा लेखहरु