फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दर्ता नभएका मोबाइल लक हुने

(GMT+08:00) 2019-07-06 13:39:13

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम राख्न मलेसियन कम्पनीसँग सम्झौता गरेको छ। भन्सार छली आउने मोबाइल तथा देशभित्र हुने दुरूपयोग रोक्न भन्दै प्राधिकरणले उक्त सिस्टम ल्याउन लागेको जनाएको सेतोपाटी अनलाइनले लेखेको छ।

मलेसियन कम्पनी नुमेरासँग प्राधिकरणले बिहीबार ७० लाख ६६ हजार ८ सय ८८ अमेरिकी डलरमा सम्झौता गरेको हो। ओएसआई कन्सल्टेन्सी इन्डिया र नमस्ते ग्लोबल कम्युनिकेसन सिंगापुरसँगको संयुक्त उपक्रम (जेभी)सँग प्राधिकरणले सम्झौता गरेको प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिनुभयो।

सम्झौताअनुसार अबको ६ महिनाभित्र उक्त कम्पनीले सिस्टम तयार पारिसक्ने छ। सिस्टम सञ्चालन भएपछि नेपाल आउने कुनै पनि मोबाइलको आइएमइआई नम्बर दर्ता गर्नु पर्नेछ। यसरी दर्ता भएका मोबाइलको सबै रेकर्ड सिस्टमबाट निगरानी हुनेछ।

'यसले गर्दा मोबाइलको दुरूपयोगबाट हुने काम रोक्न सहज हुनेछ, त्यस्तै चोरीका मोबाइल पनि लक गर्न सकिने छ' अर्यालले भनुभयो। अहिलेसम्म आएका मोबाइलको नम्बर इन्ट्री गरी चल्न दिइने छ। प्राधिकरणले चाहेमा दर्ता नभएका मोबाइल लक गर्नसक्ने छ।

 

जानकारी तथा लेखहरु