फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा सिमेन्ट आयात घट्दो क्रममा

(GMT+08:00) 2019-07-07 14:40:47

चालू आर्थिक वर्ष (२०७५-७६) को १० महिनामा नेपालमा सिमेन्ट आयात ४९ प्रतिशतले घटेको छ। सरकारले सिमेन्टमा आत्मनिर्भर बन्ने लक्ष्य लिइरहेका बेला आयात घट्नुले देशमै उत्पादन वृद्धि भएको संकेत गरेको कारोबार अनलाइनले लेखेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको १० महिनाको वैदेशिक व्यापार तथ्यांकले गत वर्षको सोही अवधिको भन्दा ४९.१ प्रतिशतले आयात घटेको देखिएको हो। चालू वर्षको १० महिनामा १२ अर्ब १४ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा सिमेन्टजन्य पदार्थ आयात भएको छ भने गत वर्षको सोही समयमा २३ अर्ब ८८ करोडको सिमेन्ट आयात भएको थियो। यता, सरकारले आगामी वर्ष २०७६-७६ को नीति तथा कार्यक्रममा सिमेन्टलाई निर्यातको प्रमुख वस्तु बनाउने घोपणा गरिसकेको छ। तर, प्रमुख कच्चा पदार्थका रूपमा रहेको क्लिङ्करमा अझै मुलुक आत्मनिभर बन्न सकिरहेको छैन। क्लिङ्कर आयात घटाउने योजना नल्याएसम्म सिमेन्ट आयातमा उतार चढाव देखिएपनि दिगो समाधान भने देखिँदैन। गत आर्थिक वर्ष २०७४-७५ मा ३१ अर्ब १७ करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट तथा क्लिङकर आयात भएको तथ्यांक छ। राष्ट्र बैंकको तथ्याङकले नेपाल सिमेन्टमा आत्मनिर्भर हुन अझै निकै समय लाग्ने देखाएको हो। तर, सरकारले भने नीति तथा कार्यक्रममा सिमेन्टलाई प्रमुख निर्यात बस्तुका रुपमा सिमेन्टलाई राखेको छ। १२ अर्बको सिमेन्ट तथा सिमेन्टजन्य पदार्थ आयात नेपालको अर्थतन्त्रका लागि धेरै भएको भन्दै कच्चा पदार्थको ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ। यस्तै, आर्थिक वर्ष २०७३-७४ मा २४ अर्ब रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर आयात भएकोमा गत वर्ष २९ प्रतिशतले वृद्धि भइ ३१ अर्ब रुपैयाँको आयात भएको थियो। आर्थिक वर्ष २०७२-७३ मा ११ अर्ब ६८ करोड रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर आयात भएको थियो। विगतमा बर्सेनि सिमेन्ट आयातको दर बढ्दो भए पनि चालू वर्षको १० महिनामा भने घटेको छ। छ। सरकारले २०७४ साललाई 'बेन्चमार्क' राख्दै सिमेन्टमा आत्मनिर्भर हुने महत्वाकांक्षी योजना ल्याएको थियो। तर, सिमेन्ट तथा क्लिङ्कर आयातको अनुपातलाई हेर्दा भने आत्मनिर्भर हुन अझै निकै समय लाग्ने देखिएको छ। घर निर्माणमा सबैभन्दा बढी प्रयोग हुने निर्माण सामग्रीमध्ये सिमेन्ट मुख्य हो र अहिले यही सिमेन्ट उद्योगमा राष्ट्रिय तथा बाह्य लगानी आकलन गरिएभन्दा बढी विस्तार भइरहेको छ। सिमेन्ट उद्योगमा आएका पछिल्ला वैदेशिक लगानी नेपाली उद्योगभन्दा निकै नै ठूला छन्। चिनियाँ कम्पनी होङ्सीले ३६ अर्ब लगानी गरेर उद्योग स्थापना गरेको छ भने स्वदेशी लगानी पनि बढ्दो क्रममा छ। हाल मुलुकमा ४ दर्जनभन्दा बढी सिमेन्ट उद्योग सञ्चालनमा छन्।

 

जानकारी तथा लेखहरु