फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी कानागावामा जुलाइ सात स्मृति कार्यक्रमको आयोजना

(GMT+08:00) 2019-07-07 14:41:16

जुलाइ छ तारिख जापानी कानागावा प्रान्तको महिला संघले कानागावा प्रान्तको योकोहामा शहरमा जुलाइ सात स्मृति भेला कार्यक्रमको आयोजना गरेको छ। सो अवसरमा छुरु विश्वविद्यालयका मानार्थ प्राध्यापक तोकुशी कासाहाराले चीनमा जापानी सेनाले गरेको सेप्टेम्बर अठार तारिख घटनादेखि चीनमाथि आक्रमण युद्धसम्मको व्याख्या गर्नुभयो। जापानी सर्वसाधारणलाई वास्तविक इतिहासबारे बुझाउन र फेरि युद्ध हुन नदिन वचनवद्धता व्यक्त गर्न उक्त कार्यक्रमको लक्ष्य रहेको छ।

सन् १९३७ को जुलाइ सात तारिख जापानी साम्राज्यवादले लुकौछ्याउ घटना चलाएर लामो समयसम्म तयारी भएको चीन आक्रमण युद्ध सुरू गरेको थियो। छुरु विश्वविद्यालयका मानार्थ प्राध्यापक तोकुशी कासाहाराको विचारमा कुनै पनि युद्ध आकस्मिक रूपमा अथवा दुर्घटना गरी भएको प्रतिरोध हुन नसक्ने गतिबिधि होइन। लामो समयमा भएको टाढाको कारण र निकट समयमा भएको अनुमानित कारण जोडेर युद्धको पूर्वाधार बनेको हुन्छ भने आकस्मिक घटना र तयारी घटनाबाट युद्धतिर लैजाँदा अपरिहार्य युद्ध अवस्थामा प्रवेश हुन लागेको अर्थ देखिएको छ जसलाई युद्धको पूर्व सन्ध्या पनि भनिन्छ।

प्राध्यापक तोकुशी कासाहाराले सन् २०१२ मा भएको त्याउ यु टापुमाथिको अतिक्रमण, सिन्जो आबे सरकारले प्रबर्द्धन गरेको संविधान संशोधन कार्यक्रमलगायत गतिबिधिलाई उदाहरणमा राखेर एक अर्थमा जापानको वर्तमान राजनीतिक तथा सामाजिक अवस्था र चीन आक्रमण युद्ध चलाउनुअघिको इतिहासबीच उस्तै देखिन्छ। हाल युद्धको अनुभव नलिएका जापानी सर्वसाधारणले अझै इतिहासबाट सिक्नुपर्छ भने जापानी सैन्यवादले चलाएको युद्ध नीतिको गलत आत्मविश्लेषणले पुनः युद्ध सुरू हुन सकेसम्म प्रतिरोध गर्नुपर्छ।

प्राप्त जानकारीका अनुसार, जापान-चीन मैत्रीपूर्ण कानागावा प्रान्तको महिला संघको स्थापना भएको ४५ वर्ष भइसकेको छ। स्थापना भएयता संघले सीप विकासका कार्यक्रम, आदान-प्रदान कार्यक्रम, चीन भ्रमण कार्यक्रम आदिको आयोजना गरी चीन र जापानबीच जनस्तरको मैत्रीपूर्ण आवत-जावत कार्यक्रमलाई सक्रियतका साथ प्रबर्द्धन गरिरहेको छ। सन् १९८३ देखि हरेक वर्ष जुलाइ सात तारिख स्मृति कार्यक्रमको आयोजना भइरहन्छ। संघका प्रतिनिधि इको गमेजावाका अनुसार, युद्धमा संलग्न भएका जापान र चीनका सर्वसाधारणको मनमा युद्धको दुःखी अनुभवको गहिरो याद छ तर समय बित्दा युद्धसम्बन्धी मानिसको स्मृति क्रमशः घटेको छ।

संघका अर्को प्रतिनिधि माइको बान्बाले समापन मन्तव्यमा चिनियाँ जनरल चाङ स्यो ल्याङले जीवनकालमा एनएचकेलाई अन्तर्वार्ता दिँदै भन्नुभएको भनाइ उद्धृत गर्नुभयो। मेरो जीवनलाई जापानले ध्वस्त गरेको छ। बुबालाई जापानी सेनाले मारिदियो। परिवार क्षतविक्षत भयो। सम्पत्ति बञ्चित भयो। त्यसैले मैले जापानी युवालाई के भन्न चाहन्छु भने तिमीहरूले सर्वप्रथम जापानको इतिहास बुझ्नुपर्छ अनि पहिला जस्तो हतियारलाई अपिल गर्नुहुँदैन।

जानकारी तथा लेखहरु