फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतद्वारा नियम विरूद्ध नेपालका मालवाहक गाडीको समयसीमा निर्धारण

(GMT+08:00) 2019-07-08 14:20:49

सीमावर्ती भारतको फाबिसगन्ज नगरस्तरीय प्रशासनले नेपाल–भारत पारवहन सन्धि र बीबीआइएन (बंगलादेश–भुटान–भारत–नेपाल) पारवहन सन्धिविरुद्ध जोगबनी–विराटनगर नाकाबाट आवतजावत गर्ने ढुवानीका मालवाहक गाडीमा समय सीमा तोकेपछि सातादेखि जोगबनी नाकाबाट आयात–निर्यात प्रभावित भएको छ। सीमावर्ती प्रशासनको समय सीमाका कारण जोगबनी नाकाबाट हरेक दिन बिहान ८ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म आयात–निर्यात दुवै बन्द रहेको कान्तिपुर अनलाइनले जनाएको छ।

भारत तथा तेस्रो मुलुक निकासी हुने सामान बोकेका गाडीलाई बेलुका ६ बजे मात्र जान दिइन्छ। भारत र तेस्रो मुलुकबाट मालसामान बोकेर नेपाल आएका गाडीलाई भारतीय पक्षले १०–१० वटाको लटमा छाड्ने गरेको छ। पहिलो लटमा छाडिएका १० वटा मालवाहक गाडी नेपाल छिरेपछि मात्र थप १० वटा गाडी आईसीपीबाट छुट्ने गरेका छन्।

सीमावर्ती स्थानीय प्रशासनको पछिल्लो नियमले जोगबनी नाकाबाट हुने आयात निर्यात र राजस्व असुली प्रभावित भएको विराटनगर भन्सारका सूचना अधिकृत मणिराम पौडेलले बताउनुभयो। यो भन्सारले चालु आर्थिक वर्षमा ४२ अर्ब राजस्व असुली गर्ने लक्ष्य राखेको छ। उहाँका अनुसार शनिबारसम्म ३७ अर्ब ५ करोड मात्र असुली भएको छ। यसैगरी असारमा ४ अर्ब २५ करोड राजस्व असुली गर्ने लक्ष्य थियो। स्थानीय प्रशासनले परिपत्र जारी गर्नु पहिला रेल्बे यार्डबाट आउने मालवाहक ट्रक दैनिक सरदर तीन ट्रिपमा आउँथे। अहिले मुस्किलले एक ट्रिप मात्र आउने गरेका छन्।

जानकारी तथा लेखहरु