फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा 'नेपालको पोखरा जाउँ' अभियान

(GMT+08:00) 2019-07-08 14:23:38

पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य भएपनि पोखरासम्मको आउजाउ उतिसारो सजिलो नभएको भन्दै भारतीय पर्यटन व्यवसायीले गुनासो पोखेका छन्। प्राकृतिक सुन्दरता र आतिथ्यमा पोखरेली कमजोर नरहेपनि स्थलमार्गको आउजाउ झन्झटिलो रहेको उनीहरुको भनाइ छ। सबै सहरसँग हवाई पहुँच नहुँदा स्थलमार्गको भर पर्नुपर्ने बाध्यता रहेको भारतीयको भनाइ थियो।

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भारतका विभिन्न सहरमा सञ्चालित 'चलिए पोखरा अभियान'को क्रममा भारतीय टुर अपरेटर्सले नेपाल घुम्नलायक मुलुक भए पनि पहुँचका हिसाबले अप्ठेरो रहेको गुनासो पोखेका थिए। अभियानका अवसरमा पटनामा आयोजित कार्यक्रममा नेपाली भन्सारमा भारतीय पर्यटकले पूरा गर्नुपर्ने प्रक्रियालाई अनलाइन गर्नसके समयको बचत हुने भारतीय व्यवसायीको भनाइ रहेको नागरिकन्यूज डटकमले जनाएको छ।

घुम्न निस्केका पर्यटकलाई नाकामा तीन–चार घण्टासम्म कुर्नुपर्ने समस्या रहेको उनीहरुले बताए। पर्यटकलाई भन्सार नाकामा मैत्रीपूर्ण व्यवहारसमेत नहुने गरेको भारतीय व्यवसायीको गुनासो थियो। यसैगरी भारतबाट नेपाल आउँदै गर्दा बाटोमा भारतीय स्वादका रेस्टुराँ नभएको र आवश्यक पर्दा प्रयोग गर्न मिल्ने सार्वजनिक शौचालयसमेत अभाव भएको गुनासो उनीहरुको थियो। भारतीय पर्यटकलाई नेपाली गाइडले उचित गाइडिङसमेत नगर्ने गरेको गुनासो भारतीय व्यवसायीको थियो। अभियान सञ्चालन गरेको संघका अध्यक्ष विकल तुलाचनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक वर्षअघि मुक्तिनाथको दर्शन गरेपछि पोखरामा भारतीय पर्यटक बढ्न पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले वर्षमा करिब दुई लाख भारतीय पाहुना पोखरा आउँछन्।

जानकारी तथा लेखहरु