फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रसुवागढी र तातोपानी नाकाबाट आयातकर्तालाई सजिलो पार्ने चिनियाँ नीति

(GMT+08:00) 2019-07-09 14:23:50

चीनतर्फको व्यापार रसुवागढी र तातोपानी नाकाबाट आयात गर्ने आयातकर्तालाई पनि एलसी (प्रतीतपत्र)मार्फत भुक्तानी दिन चीन सहमत भएको छ। नेपाल–चीन नाकाबाट आयात गर्दा टीटी (टेलिग्राफिक ट्रान्सफर)बाट मात्रै गर्नुपर्ने व्यवस्था थियो। यसको लागि मौद्रिक नीतिले ३० हजार डलरबराबरको मात्रै सुविधा दिएको छ। चीनबाट ठूलो परिमाण अर्थात् एलसी गरेर समान आयात गर्नुपर्दा जलमार्गबाट मात्रै ल्याउनुपर्ने बाध्यता छ। जुन कलकत्ता र विशाखापट्टनम हुँदै नेपाल भित्रिन्छ। तर अब भने चीनतर्फको नाकाबाट पनि एलसीमार्फत भुक्तानी गरी सामान आयात गर्न पाइनेछ। त्यसको लागि चिनियाँ बैंक तथा चीन सरकार सहमत भएको भन्सार विभागले जनाएको छ।

भन्सार विभागका अनुसार सो विषयलाई अन्तिम रुप दिन सेप्टेम्बर १६ देखि २१ सम्म चिनियाँ पक्ष र नेपाली पक्षबीच वार्ता हुँदैछ। चीनतर्फको व्यापारलाई सहजता दिने गरी कस्टम एग्रिमेन्ट समेत गरेको र आगामी केही समयमा नै एलसीमार्फत आफ्नै नाका हुँदै सामान भित्र्याउनेसम्बन्धी समेत सम्झौता गर्नलागेको भन्सार विभागकी उपमहानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिनुभयो। उहाँका अनुसार एक वर्षदेखि एलसीको विषयमा निरन्तर छलफल भइरहँदा चिनियाँ बैंकहरु त्यसको लागि सहमत भइसकेका छन्। एलसीसम्बन्धी कारोबार गर्न नसक्दा व्यवसायीले पहिल्यै भुक्तानी गरेर जोखिमपूर्ण रूपमा कारोबार गर्नुपर्ने हुन्छ। त्यसलाई अब सहज बनाउन लागिएको नेपालखबर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु