फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो मुलुकबाट नेपालको लागि मालसमान लैजान ठूला कम्पनीहरु इच्छुक

(GMT+08:00) 2019-07-09 14:26:20
तेस्रो मुलुकबाट नेपालको लागि मालसमान बोकेर आउने कन्टेनरको संख्या वार्षिक लाख हाराहारी पुगेपछि नाम चलेका ठूला सिपिङ कम्पनीहरु विभिन्न सहुलियतका प्रस्ताव सहित नेपाल ओइरिन थालेका छन्।

चार वर्षअघिसम्म नेपाललाई कार्गो गन्तव्यको नक्सामा समेत नराख्ने सिपिङ कम्पनीहरुले वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा आफ्नो सेवा केन्द्र राख्न थालेका छन्। १४ दिन समयसीमा तोकेर कोलकातामै रित्ता कन्टेनर बुझाउने गरी नेपाली समान बोकेका कन्टेनर यता पठाउने गरेका सिपिङ कम्पनीले वीरगन्जमै रित्ता कन्टेनर फिर्ता लिन थालेपछि आयातकर्ताले डिटेन्सनबाट मुक्ति पाएका छन्।पछिल्लो प्रगति अनुसार तेस्रो मुलुकबाट नेपालका लागि कन्टेनर ढुवानी गरिरहेका सिपिङ कम्पनीले आफ्नो भाडादर समेत कोलकाता पोर्ट ट्रस्टको वेबसाइटमा नै राखिदिने भएका छन्।

यसरी नेपालको आयात व्यापारको आकारसँगै बढेको 'बार्गेनिङ' क्षमता र परिपक्व हुन थालेको 'वाणिज्य कूटनीति'ले तेस्रो मुलुकसँगको नेपाली व्यापारले फड्को मार्न थालेको छ। भारतीय बन्दरगाहलाई रेलमार्गले जोड्ने वीरगन्ज सुक्खा बन्दरगाहमा सिपिङ कम्पनीहरूले सेवा केन्द्र राख्ने प्रक्रिया थालेको बेला भारतमा कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले सिपिङ कम्पनीहरूलाई भाडादर सार्वजनिक गर्न सहमत गराएको छ।

एसियाली विकास बैंकको सहयोगमा अहिले रेलमार्गबाट हुने ढुवानीमा लागू गरिएको इसिटिएस सडकमार्गमा पनि कार्यान्वयन गर्ने नेपाल र भारत दुवै सरकारको तयारी रहेको नागरिकन्यूज डटकममा खबर छ।

जानकारी तथा लेखहरु