फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युरोपेली संघको नेतृत्व परिवर्तनपछि चीन-युरोप सम्बन्धको विश्लेषण

(GMT+08:00) 2019-07-09 18:22:41

चीनका राष्टाध्यक्ष सी चिनफिङले 7 तारिख बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिशेललार्इ एउटा सन्देश पठाएर युरोपेली परिषदको नयाँ अध्यक्षमा नियुक्त भएकोमा शुभकामना दिनुभएको छ। राष्ट्राध्यक्ष सीका अनुसार, चीनले युरोपलाई अन्तर्राष्ट्रिय मामिलामा अझ महत्वपूर्ण भूमिका खेल्न समर्थन गर्नुका साथै शान्ति, संवृद्धि, सुधार तथा सभ्यता लगायत चार साझेदारी सम्बन्धमा नयाँ प्रगति हासिल गराउने इच्छा राखेको छ। जसबाट चीन-युरोप सहयोगलाई अगाडि बढाउने चीनको सक्रिय इच्छा देखिएको छ।

चालू वर्ष युरोपेली राजनीतिक क्षेत्रमा परिवर्तन हुने वर्ष हो। गत मे महिनामा युरोपेली संसदको निर्वाचनपछि युरोपेली संघका सदस्य मुलुकहरूले नयाँ नेतृत्व तहबारे धेरैपटक छलफल गरेका थिए। गत साता आयोजित युरोपेली संघको विशेष शिखर सम्मेलनमा युरोपेली संघका चारवटा महत्वपूर्ण पदमा चयन प्रक्रिया सार्वजनिक भएको थियो। बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिशेल युरोपेली परिषदको अध्यक्षको रूपमा नियुक्त हुनुभयो भने जर्मनीकी रक्षामन्त्री युर्सुला भोन डेर लेयेन युरोपेली आयोगको अध्यक्षमा, यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोषका अध्यक्ष अर्थात् फ्रान्सकी क्रिस्टिना लागार्दे युरोपेली बैंकका प्रमुखमा र स्पेनका विदेशमन्त्री जोसेप बोरेल फोन्टेल्लेस युरोपेली संघको कूटनीति तथा सुरक्षा नीतिको उच्चस्तरीय प्रतिनिधिमा नियुक्त हुनुहुनेछ। यद्यपि पछिल्ला तीन पद केही कार्यक्रमद्वारा पारित गरिए तापनि भविष्यका पाँच वर्षमा युरोपेली संघको नेतृत्व प्रणाली आधारभूत रूपमा स्थापित हुनेछ।

दुईजना कुलीन महिलाले युरोपेली संघको नेतृत्व तहमा प्रवेश गरेर युरोपको राजनीतिमा नयाँ मौसम सिर्जना गर्नेछन्। जर्मनी र फ्रान्स यस खेलमा विजयी भएका छन्। त्यसैले जर्मनी र फ्रान्सको नेतृत्वमा रहेको युरोपको एकीकरण परिस्थिति जारी हुनेछ। वर्तमान युरोपको विकासका सामु धेरै चुनौती देखापरेका छन्। एकातिर शरणार्थी संकट र जनजातीय राजनीतिक शक्ति बढेर युरोपबाट बेलायत छोड्ने समस्या बाँकी छ। अर्कातिर युरोपको अर्थतन्त्र, वैज्ञानिक तथा प्राविधिक नयाँ सिर्जना तथा औद्योगिक प्रतिस्पर्धा घट्नुका साथै युरोप र अमेरिकाबीचको व्यपारिक विवाद जारी छ। यस्तो पृष्ठभूमिमा चीनसँगको सहयोगलाई सुदृढ र सबल पार्नु युरोपेली संघको सबैभन्दा महत्वपूर्ण कूटनीतिक दिशाहरूमध्यको एक हो। त्यसैले अन्तर्राष्ट्रिय जगतले चीन र युरोप सम्बन्धको भविष्यबारे आशावादी प्रतिक्षा गरिरहेको छ।

यस्तो आशावादी प्रतिक्षा दुई पक्षको साझा फाइदा क्रमशः बढ्ने वास्तविकतामा स्थापित हो। ठोस विषयबाट हेर्दा शान्ति संरक्षणमा चीन र युरोपसँग साझा आग्रह छ। दुवै पक्ष विश्व बहुपक्षीयताका महत्वपूर्ण शक्ति हुन्। एकपक्षीयता र आधिपत्यवाद बढेको अवस्थामा चीन र युरोपले संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको सुरक्षा गर्ने धारणा लिएका छन्।

15 वर्षसम्म युरोपेली संघ चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार हुनुका साथै चीन युरोपेली संघको दोस्रो ठूलो व्यापारिक साझेदारी हो। विश्वव्यापी रूपमा अमेरिकाबाट सुरू भएको व्यापारिक विवादप्रति चीन र युरोपले बहुपक्षीयता र नियमको आधारमा स्वतन्त्र व्यापार व्यवस्थाको सुरक्षा गर्नुपर्छ।

सभ्यताको विषयमा पनि आपसी सहयोग बढ्दैआएको छ।

आपसी हित सहयोगलाई विस्तृत पार्दा दुवै पक्षको फाइदाअनुकूल हुनुका साथै विश्व शान्ति तथा समृद्धिका लागि पनि सहयोगी हुनेछ।

जानकारी तथा लेखहरु