फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको कुल जनसङ्ख्यामध्ये आधाले मोबाइलबाट इन्टरनेट चलाउने

(GMT+08:00) 2019-07-10 14:00:55

कुल जनसङ्ख्यामध्ये आधाले मोबाइलबाट इन्टरनेट चलाउने गरेका छन्, त्यो पनि ब्रोडब्यान्ड। यसै वर्षको वैशाखसम्मको नेपाल दूरसञ्चार प्राधिकरणको मासिक प्रतिवेदनअनुसार देशभर एक करोड ५७ लाख ९५ हजारले मोबाइलबाट थ्रीजी र फोरजी प्रयोग गर्ने पाइएको हो। केन्द्रीय तथ्याङ्क विभागले गरेको कुल दुई करोड ९५ लाख बराबरको नेपालको जनसङ्ख्याको प्रक्षेपणका आधारमा प्राधिकरणले यो तथ्याङ्क तयार पारेको हो।

कुल जनसङ्ख्याका आधारमा मोबाइल ब्रोडब्यान्डको पहुँचमा रहेको सङ्ख्या करिब आधा हो। प्राधिकरणले थ्रीजीस्तरको इन्टरनेट सुविधालाई ब्रोडब्यान्ड मान्ने गरेको छ, जसको ग्रामीण क्षेत्रमा न्यूनतम गति ५१२ केबीपीएस निर्धारण गरिएको छ।

नेपालमा अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मोबाइलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराइरहेका छन् । त्यसमध्ये स्मार्ट टेलिकमले फोरजी सेवा मात्र उपलब्ध गराएको छ । मोबाइल इन्टरनेट प्रयोगकर्तामध्ये अधिकांश थ्रीजी प्रयोगकर्ता छन् जसको सङ्ख्या एक करोड नौ लाख हाराहारी छ । सेवा प्रदायकको हिसाबले नेपाल टेलिकमका ६८ लाख ३९ हजार थ्रीजी प्रयोगकर्ता छन् भने एनसेलका ४० लाख ६६ हजार ।

यसैबीच कुल मोबाइल इन्टरनेट प्रयोगकर्तामध्ये नेपाल टेलिकमको मोबाइल इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ । प्राधिकरणको उक्त प्रतिवेदनअनुसार टेलिकमका कुल ८८ लाख ७८ हजारले मोबाइलबाट इन्टरनेट चलाउँछन्। यो सङ्ख्यामा इभीडीओ प्रयोगकर्तासमेत समेटिएको छ।

जानकारी तथा लेखहरु