फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक महिनाअघि खुलेको तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रन सुरु

(GMT+08:00) 2019-07-11 14:28:09
एक महिनाअघि पुनः सञ्चालनमा ल्याएको चीन जाड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रन सुरु गरेका छन्। पछिल्लो एक साताबाट सुरु आयात कारोबार बिस्तारै बढ्दै गएको छ। २०७२ वैशाख १२ को बिनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिक रुपमा पुनः सञ्चालनमा ल्याइएको थियो। नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झन्डै तीन साता प्रशासनिक व्यवस्थापन र आन्तरिक तयारीमा जुट्दा व्यापारिक कारोबार हुन सकेको थिएन, नागरिकन्यूज डटकमका खबर छ।

'चीनबाट सामग्री भित्रन थालेका छन्,' भन्सार अधिकृत केशवराज ओलीले भन्नुभयो। दैनिक औसत एक–दुई कन्टेनर सामान भित्रन थालेको भन्सार अधिकृत ओलीले बताउनुभयो।

तातोपानी भन्सारले लार्चामा बनेको अत्याधुनिक सुक्खा बन्दरगाहबाट कारोबार थालेको हो। चीन सरकारकै सहयोगमा गत वैशाखमा बन्दरगाह निर्माण सम्पन्न भएको थियो। दुई अधिकृतसहित १४ कर्मचारीले काम गरिरहेका छन्। प्रशासनिक, प्राविधिक र जनशक्तिबाट ठूलै परिमाणमा कारोबार गर्न अब कुनै रोकावट नरहेको भन्सार अधिकृत ओलीको भनाइ छ। भन्सारले कारोबार थालेयता चीनबाट नाका भएर ऊन, पावर ट्रेलर (जोत्ने हाते ट्याक्टर), स्पिकर, जुत्ता, चप्पल लगायत सामग्री भित्रिएका छन्। ऊन आयात बढी छ। सिजन नभएकाले तयारी पोसाक भने भित्रिएको छैन। तातोपानी नाका चिनियाँ तयारी पोसाकका लागि लोकप्रिय मानिन्छ। शिल्क ग्रुप नामक चिनियाँ ट्रान्सपोर्टेसन कम्पनीले नेपाली व्यापारीका सामान खासासम्म ल्याउने गरेको छ।

जानकारी तथा लेखहरु