फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली महिलाको महान पर्व तीजको अवसर पारेर श्रृजनशील उद्यमी मेला हुने

(GMT+08:00) 2019-07-12 14:45:42

नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले यहि श्रावण र भाद्र महिनामा 'नारी प्रिजेन्ट एनआईसी एसिया बैंक '१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०१९' इन एसोसिएसन विथ सेफ्टी' आयोजना गर्ने भएको छ। नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १८ वर्षदेखि संचालन हुँदै आएको तीज फेस्टिवलको यो १८ औं संस्करण नेपालका विभिन्न ३ शहरहरुमा आयोजना हुने भएको छ।

सन् २००२ देखि काठमाडौंको भृकुटीमण्डपमा मात्र आयोजना हुने गरेको तीज फेस्टिवल–शिर्जनशिल उद्यमी मेला यो वर्षदेखि प्रदेश नम्बर १ को ईटहरी र प्रदेश नम्बर ३ को हेटौंडामा पनि आयोजना हुने भएको छ। काठमाडौंमा यहि श्रावण १६ गतेदेखि २० गतेसम्म आयोजना हुनेछ भने ईटहरीमा श्रावण ३० देखि ३२ गतेसम्म संचालन हुनेछ।

तीजको अवसरमा आयोजना गरिने यो मेला नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाको रुपमा पनि परिचित रहँदै आएको छ। यो फेस्टिवलमा यो वर्ष काठमाडौंमा २०० भन्दा बढि कम्पनी, संघ, संस्थाहरुको सहभागीता हुनेछ भने १ लाख भन्दा बढि मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ।

यो इभेन्टमा महिला उद्यमीहरुले आफ्ना श्रृजनाहरु उत्पादन र सेवा मार्फत प्रदर्शन गर्ने उद्धेश्यले वार्षिकरुपमा आयोजना गरिँदै आएको छ। यो इभेन्ट उत्पादन र सेवाको व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरुलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै आएको नेपालखबर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु