फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले चीन लगायत सम्पूर्ण विश्वका समस्या समाधान गर्नेबारे चीनको जवाफ

(GMT+08:00) 2019-07-12 19:12:28

अमेरिकाले आफूले सम्पूर्ण विश्वको स्वतन्त्रता बत्ती स्तूप हो र चीन लगायत सम्पूर्ण विश्वको समस्याको समाधान गर्ने भनेको छ। यसबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले अमेरिकाले ठूलो शब्दमा यस्तो कथनी सुनाउन पनि लाज नमान्ने टिप्पणी गर्नुभएको छ।

अमेरिकासँग यस्तो जिम्मेवारी छैन र कसैले यस्तो अधिकार पनि दिएको छैन, साथै अमेरिकाको त्यस्तो क्षमता पनि छैन। अमेरिकाले आफ्नो काम राम्रोसँग गरेपछि मात्रै अरू कुरा चर्चा गर्नसकिने प्रवक्ता कङले टिप्पणी गर्नुभएको छ।

प्राप्त जानकारी अनुसार, अमेरिकी उपराष्ट्रपति माइक पेन्सले क्यालिफोर्नियामा आयोजित एक पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको थियो।

जानकारी तथा लेखहरु