फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वैदेशिक व्यापारमा ठूलो लचिलोपना

(GMT+08:00) 2019-07-12 19:54:39

चीन भन्सार व्यूरोले १२ तारिख सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालू वर्षको पूर्वार्धमा चीनको वैदेशिक व्यापारमा संलग्न कूल रकम १४६ खरब ७० अरब चिनियाँ युआन बराबर भएको छ र गत वर्षको सोही अवधिको तुलनामा ३.९ प्रतिशतले वृद्धि भएको छ। वर्तमान अवस्थामा व्यापार संरक्षणवाद चर्कँदै गएको र विश्वमा आर्थिक वृद्धि पनि मन्द हुँदाको दवाव तीव्र बन्दै गएको पृष्ठभूमिमा चीनले यति राम्रो वैदेशिक व्यापार उपलब्धि हासिल गर्नु सजिलो काम होइन। यसबाट चीनको वैदेशिक व्यापारको ठूलो लचिलोपना भएको र चीनको आर्थिक वृद्धि स्थिर तथा दीर्घकालीन रूपमा राम्रो दिशातिर जाने प्रवृत्तिको परिवर्तन नहुने प्रतिविम्वित गरिन्छ।

चालू वर्षको पूर्वार्धमा चीनको वैदेशिक व्यापार समष्टिगत रूपमा स्थिरताका साथ अघि बढ्दै उच्च गुणस्तरिय विकास भइरहेको छ। ती विशेषताहरू मुख्यतया ३ वटा क्षेत्रमा देखाइन्छः

एक, वैदेशिक व्यापार वृद्धिको जीवन्त शक्ति रहिरहेको छ। गैर-सरकारी उद्यमको आयात निर्यात वृद्धि दर ११ प्रतिशत भएको र चीनको वैदेशिक व्यापार वृद्धिको मुख्य शक्ति बनेको छ। चीनको मध्य तथा पश्चिमी भागको आयात निर्यात वृद्धि दर समस्त चीनको भन्दा उच्च भएको छ।

दुई, व्यापार साझेदारी विविध बनिरहेको छ। चालू वर्षको पूर्वार्धमा चीनबाट अमेरिकालाई गरिने निर्यात ९ प्रतिशतले घटेको छ भने यूरोपेली संघ, आशियान तथा जापान आदि मुख्य व्यापार साझेदारको निर्यात आयात बेग्ला बेग्लै रूपमा ११.२, १०.५ र १.७ प्रतिशतले वृद्धि भएका छन्। विशेष गरी बीआरआई सम्बद्ध मुलुकसँगको आयात निर्यात वृद्धि दर ९.७ प्रतिशत भएको र वैदेशिक व्यापारको कूल रकममा ओगटेको दर २८.९ प्रतिशतसम बढेको छ।

तीन, निर्यात उत्पादित वस्तुको बनौट अझ अनूकुलन भएको छ।

हाल विश्वको व्यापार परिस्थिति जटिल र कडा भइरहेको छ र अनिश्चित कारक तत्व स्पष्ट रूपमा बढ्दै गएको छ। यस्तो पृष्ठभूमिमा चीनको वैदेशिक व्यापारको विकास दीर्घकालीन रूपमा राम्रो दिशातिर जाने प्रवृत्तिमा परिवर्तन छैन र वैदेशिक व्यापारको बनौटको सुधारमा पनि परिवर्तन छैन। यसै आधारबाट चीनको अर्थतन्त्र उच्च गुणस्तरिय विकास गर्नको लागि महत्वपूर्ण प्रत्याभूति दिइएको छ।

जानकारी तथा लेखहरु