फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निरन्तर वर्षापछिको बाढी पहिरोमा परी नेपालमा २३ को मृत्यु

(GMT+08:00) 2019-07-13 14:25:57
अविरल वर्षापछि आएको बाढीपहिरोमा परी देशभर हालसम्म २३ जना भन्दा बढीको मृत्यु भएको छ। १० भन्दा वढी बेपत्ता भएका छन्। शनिबार बिहानसम्म खोटाङ र काठमाडौँमा ३ ३, काभ्रे, भोजपुर र धादिङमा २ २, झापा, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, बारा, पर्सा र बर्दियामा १ १ जनाको मृत्यु भएको हो।

शनिबार बिहान बर्दियामा बाढीले बगाएर ल्याएको अबस्थामा एक जनाको शव भेटिएको नेपाल प्रहरीका निमित्त केन्द्रीय प्रवक्त एसपी रमेश थापाले जानकारी दिनुभएको नेपालखबर अनलाइनले लेखेको छ। बाढीपहिरोबाट देशभरीका दुई दर्जन भन्दा बढी जिल्ला प्रभावित भएका छन्। काठमाडौँ र पूर्वको भूभागमा बाढी पहिरोको प्रभाव बढी देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढीपहिरोमा परी चार सय ३५ परिवार विस्थापित भएका छन्। बाढी पहिरोले देशका धेरैजसो मुख्य राजमार्ग अबरुद्ध भएको छ। बाढी पहिरोले प्रदेश १ र २ का धेरैजसो जिल्लामा टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएको छ।

गएको २४ घण्टामा सबैभन्दा वढी वर्षा सिमरामा भएको छ। सिमरामा ३ सय ११ मिलिलिटर वर्षा भएको छ। त्यसैगरी जनकपुरमा २ सय ४५ दशमलव २, धरानमा १ सय ५५, काठमाडौँमा १ सय १५, ओखलढुंगामा १ सय १, धनकुटामा ७५, जिरीमा ४९, भैरहवामा ४३ दशमलव ५, दाङमा २१, ताप्लेजुङमा ३२ दशमलव ९, लुम्लेमा २३ दशमलव ५, जुम्लामा ५ दशमलव ५, पोखरामा ४ दशमलव ७ र विराटनगरमा १ दशमलव ४ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जानकारी तथा लेखहरु