फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मानवअधिकार सम्बन्धि चीनको प्रस्ताव राष्ट्र संघ मानवअधिकार परिषदद्वारा पारित

(GMT+08:00) 2019-07-13 14:28:35

चीनबाट प्रस्तुत गरिएको 'सबै मानवअधिकार प्राप्तिका लागि विकासको योगदान' निर्णय-प्रस्ताव जुलाई १२ तारिख संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदद्वारा फेरि एक पटक पारित गरिएको छ। सो निर्णय-प्रस्तावमा सबै किसिमका मानवअधिकारको लागि विकासको महत्वपूर्ण योगदानमा जोड गरिएको छ। राम्रो जीवनप्रति जनताको मागको कार्यान्वयन नै विभिन्न मुलुकको प्राथमिकता हो र विभिन्न मुलुकले जनता केन्द्रित विकासलाई साकार तुल्याउँदै जनताको भरमा विकासलाई अघि बढाउनुपर्छ र विकासबाटै जनताको हित-कल्याण गरिनुपर्छ। विभिन्न मुलुकले दिगो विकासलाई अघि बढाउँदै विकासको प्रवर्द्धन तथा गरिबी निवारण सम्बन्धि अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्नुपर्ने पनि सो निर्णय-प्रस्तावमा उल्लेख गरिएको छ।

पाकिस्तान, क्यूबा, इजिप्ट, भारत, दक्षिण अफ्रिकाका प्रतिनिधिहरूले सम्बोधन गर्दै सो निर्णय-प्रस्तावको समर्थन गरे।

निर्णय-प्रस्ताव पारित भएपछि विभिन्न मुलुकका प्रतिनिधिहरूले बधाइ दिँदै सो प्रस्ताव विकासोन्मुख मुलुकको व्यापक माग झल्काइएको र यो नै मानवअधिकारका क्षेत्रमा विकासोन्मुख मुलुकको अर्को महत्वपूर्ण विजयी भएको बताए।

जानकारी तथा लेखहरु