फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइवानलाई हतियार बेच्ने अमेरिकी व्यवसायमाथि चीनको नाकाबन्दी

(GMT+08:00) 2019-07-13 14:29:30

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले बाह्र तारिख चीनले थाइवानलाई हतियार बिक्री गर्ने कुरामा संलग्न भएका अमेरिकी उद्योग-व्यवसायमाथि नाकाबन्दी लगाउने कुरा बताउनुभएको छ।

पत्रकारले प्रश्न सोधेअनुसार, अमेरिकाले हाल थाइवानलाई हतियार बिक्री गर्ने कूल रकम 2 अर्ब 22 करोड अमेरिकी डलरको योजना घोषणा गरेको छ। यसबारे कङ श्वाङले अमेरिकाले थाइवानलाई हतियार बिक्री गरेको कुराले अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तको गम्भीरताका साथ उल्लंघन गरेको, एक चीन नीति र चीन-अमेरिका तीन बुँदे संयुक्त विज्ञप्तिको गम्भीरताका साथ उल्लंघन गरेको, चीनको सर्वभौमिकता र राष्ट्रिय सुरक्षामा क्षति पुर्‍याएको कुरा बताउनुभयो। यसका साथै कङ श्वाङले राष्ट्रिय हितको संरक्षण गर्नका लागि चीनले थाइवानलाई हतियार बिक्री गर्ने कुरामा संलग्न भएका अमेरिकी उद्योग-व्यवसायमाथि नाकाबन्दी लगाउने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु