फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली पूर्वाधार लगानी बैंक परिषदको चौथो वार्षिक सम्मेलन लक्जेम्बर्गमा शुरु

(GMT+08:00) 2019-07-13 14:44:59
एशियाली पूर्वाधार लगानी बैंक परिषदको चौथो वार्षिक सम्मेलन बाह्र तारिख लक्जेम्बर्गमा शुरु भएको छ। एशियाली पूर्वाधार लगानी बैंक स्थापना भएको तीन वर्षयता एशियाबाहेकको क्षेत्रमा परिषदको वार्षिक सम्मेलनको आयोजना भएको यो पहिलो पटक हो।

यस पटकको वार्षिक सम्मेलनको मुख्य विषयवस्तु "सहयोग तथा कनेक्टिभिटी" भन्ने रहेको छ भने यो दुई दिनसम्म चल्ने छ। डिजिटल कनेक्टिभिटी, अन्तर्देशीय आधारभूत प्रबन्धको लगानी, एशिया र यूरोपको कनेक्टिभिटी, जलवायु परिवर्तनको सामना, आधारभूत प्रबन्धको दिगो विकासआदि विषयहरू उक्त वार्षिक सम्मेलनमा छलफल गरिने छ।

लक्जेम्बर्गका ग्राण्ड ड्यूक हेनरीले उदघाटन समारोहमा "बेल्ट एण्ड रोड"को निर्माणका क्रममा एशियाली पूर्वाधार लगानी बैंकले स्वतन्त्र व्यापार र खुलापनको अन्तर्देशीय आर्थिक सहयोगलाई अगाडि बढाएको कुरा बताउनुभयो।

एशियाली पूर्वाधार लगानी बैंकका गभर्नर चिन ली छ्विनले एशियाली पूर्वाधार लगानी बैंकले प्राथमिक परियोजनामा लगानी गर्ने पाइला शिथिल नपार्ने बताउनुभयो।

जानकारी तथा लेखहरु