फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उप प्रधानमन्त्री हु छुन व्हाद्वारा ग्रामीण व्यवसायको उदयलाई अगाडि बढाउने कुरामा जोड

(GMT+08:00) 2019-07-13 15:57:21
चीनको राष्ट्रिय ग्रामीण व्यवसायको उदय विषयक बैठक बाह्र तारिख च्याङ सु प्रान्तीय याङ चौ शहरमा आयोजना भएको छ। चीनका उप प्रधानमन्त्री हु छुन व्हाले उक्त बैठकलाई सम्बोधन गर्दै "कृषि, ग्रामीण क्षेत्र, किसान" कार्यसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङको महत्वपूर्ण व्याख्यालाई गहिरो रुपमा व्यवहारमा उतार्नुपर्ने, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र चीनको राज्य परिषदको बन्दोबस्ती बमोजिम ग्रामीण क्षेत्रको पहिलो, दोस्रो र तेस्रो व्यवसायको विकासको आधारमा ग्रामीण व्यवसाय प्रणालीको सिर्जना गर्न गति प्रदान गर्नुपर्ने कुरा बताउनुभएको छ।

हुले ग्रामीण व्यवसायको विकास ग्रामीण उदयलाई बढाउने मलभूत कार्य हो भन्दै ग्रामीण व्यवसायको उच्च गुणस्तरको विकासलाई अगाडि बढाउनुपर्ने, उत्पादित-वस्तुको गुणस्तरलाई माथि उकास्नुलाई महत्वपूर्ण स्थानमा राख्नुपर्ने, ग्रामीण परिवहन प्रणालीको सुधार गर्न गति प्रदान गर्नुपर्ने, किसानको भूमिका निर्वाह गर्नुपर्ने, ग्रामीण व्यवसायको उदयलाई नयाँ उपलब्धि हासिलका लागि अघि बढाउनुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु