फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइवानलाई हतियार बेच्ने अमेरिकी व्यवसायमाथि चीनको नाकाबन्दीबाट राष्ट्रिय हितको संरक्षण

(GMT+08:00) 2019-07-14 13:58:09
अमेरिकाले थाइवानलाई 2 अर्ब 22 करोड अमेरिकी डलरका हतियार बिक्री गर्ने विषयबारे चिनियाँ परराष्ट्र मन्त्रालयले बाह्र तारिख नाकावन्दी लगाउने घोषणा गरेको छ। चीनले थाइवानलाई हतियार बिक्री गर्ने कुरामा संलग्न भएका अमेरिकी उद्योग-व्यवसायमाथि नाकाबन्दी लगाउने घोषणा गरेको हो। यो सार्वभौम मुलुकले राष्ट्रिय केन्द्रिय हितको संरक्षण गर्न चालेको आवश्यक तथा निर्णायक कदम हो।

सबैलाई थाहा छ, थाइवान चीनको अभिन्न अंग हो। अमेरिकाले थाइवानलाई हतियार बेच्दा अन्तर्राष्ट्रिय कानून तथा सम्बन्धको आधारभूत मापदण्डको गम्भीर उल्लंघन हुनुका साथै एक चीन नीति तथा चीन-अमेरिका ३ बुँदे संयुक्त विज्ञप्तिमा तोकिएको विषय विपरीत हुन्छ। अमेरिकी उद्योग-व्यवसायले थाइवानलाई हतियार बिक्रीमा संलग्न भएमा व्यापार मात्र होइन चीनको सार्वभौमिकता र सुरक्षा हितमाथि गम्भीर क्षति पुर्याउने गतिविधि हुनेछ। त्यसैले चीनले त्यससित सम्बन्धित अमेरिकी उद्योग-व्यवसहयमाथि नाकाबन्दी लगाउने कदम भावनाअनुकूल, उचित र वैधानिक कदम हो। चीन सरकार र चिनियाँ व्यवसायहरूले चिनियाँ राष्ट्रिय हितमाथि क्षति पुर्याउने व्यवसायसँग कुनै प्रकारको सहयोग तथा व्यपारिक आदान-प्रदान गर्दैनन्।

चीन र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको चालीस वर्षयता अमेरिकाले एकातिर चीन र अमेरिकाको ३ बुँदे संयुक्त विज्ञप्तिको पालना गर्ने वचनवद्धता गरेर "एक चीन नीति", जन गणतन्त्र चीन सरकारलाई एउटै मात्रै वैधानिक सरकार हुनुका साथै थाइवान चीनको एउटा भाग भएको स्वीकार गरेको छ। साथै अमेरिकाले थाइवानलाई बेच्ने हतियार क्रमशः घटेर अन्त्यमा समस्या समाप्त गर्ने वचनवद्धता पनि प्रकट गरेको छ। अर्कातिर अमेरिकाले "थाइवान सम्बन्धित कानुन" शीर्षकको राष्ट्रिय कानूनद्वारा थाइवानसँग सैन्य सम्पर्क गर्नुका साथै चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको छ। थाइवानलाई हतियार बेच्नु सधैं चीन र अमेरिका सम्बन्धको सामान्य विकासमा असर पार्ने नकारात्मक कारक तत्व हो।

अमेरिकाले थाइवानलाई हतियार बेच्नु साँच्चिकै थाइवानको सुरक्षा गर्न लागेको हो? अवश्य नै होइन। अमेरिकामा सरकार र सशस्त्र समूह गहिरो रूपमा जोडिएको अवस्था गोप्य होइन। तिनीहरू केही पुराना हतियार उच्च भाउमा थाइवानलाई बेचेका छन्। जसले थाइवानद्वारा चीनको नियन्त्रण गर्ने योजना व्यवहारमा उतारेका मात्र नभई थाइवानलाई मूर्ख र नगद मेशिनको रूपमा लिइरहेका छन्।

सन् 2015 चीनले थाइवानलाई हतियार बिक्री गर्ने कुरामा संलग्न भएका अमेरिकी उद्योग-व्यवसायमाथि नाकाबन्दी गरेको थियो। चार वर्षपछि चीनले फेरि नाकाबन्दीको कदम चालेर राष्ट्रिय सार्वभौमिकता र प्रादेशिक अखण्डताको सुदृढ संरक्षण गर्ने अठोट र विचार देखाएको छ।

राष्ट्रिय सार्वभौमिकता र प्रादेशिक अखण्डताको संरक्षणमा चीनको अडान सुदृढ र स्पष्ट छ। कुनै व्यवसाय र व्यक्तिले फाइदाका लागि चीनको सार्वभौमिकता, एकता, प्रादेशिक अखण्डता र सुक्षा चुनौती दिएमा अन्त्यमा आफ्नो छोटो दृष्यमा गम्भीर लागत तिर्नुपर्नेछ।

जानकारी तथा लेखहरु