फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतले कोशी बाँधका ढोका खोलेपछि नेपाललाई थोरै राहत

(GMT+08:00) 2019-07-14 13:59:51

भारतले शनिबार राति सप्तकोशी ब्यारेजको सबै ५६ वटै ढोका खोलिदिएको छ। कोशीमा तीन लाख ७१ हजार एक सय १० क्यूसेक पानीको बहाव भएपछि सबै ढोका खोलिएको थियो। कोशी ब्यारेजमा विगत १५ वर्षयताकै धेरै पानीको बहाव देखिएको त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिनुभयो। पानीको धेरै बहावका कारण ब्यारेज नै जोखिममा पर्ने देखेर ढोका खोलिएको हो। ५० वर्ष आयु भनिएको ब्यारेज निर्माण भएको ६० वर्ष पुगिसकेको अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।

९ लाख क्यूसेक पानी थाम्ने क्षमता भएको भनिएको ब्यारेजमा पौने चार लाख क्यूसेक पानीको बहावमै ओभरफ्लो भएको थियो। प्रहरी सहायक निरीक्षक दाहाल अनुसार सप्तरीको गोबरगाडा क्षेत्रमा कोशीको पानीले बाँधभन्दा माथि पुगेर बस्ती डुबाउन सुरु गरेको थियो। ढोका खोलेसँगै पानीको सतह घट्न थालेको छ।

ब्यारेजको ढोका खोल्न भारतीय अधिकारीहरुले नै अग्रसरता देखाएका थिए। पटनाबाटै बीरपुरका हेड कमाण्डरलगायत सुरक्षाकर्मीहरु राति अबेरसम्म बसेर पानीको निरीक्षण गरेको बताइएको छ। थोरै ढोका खुला गर्दा त्यसले ब्यारेज उत्तरतर्फ थुप्रिएर रहेको बालुवा बगाउन थाल्छ। कोशी नदी एसियामै चीनको ह्वाङहो नदिपछि धेरै बालुवा बोक्ने नदी मानिन्छ। ब्यारेजको उत्तरतर्फ पानी जम्मा हुने ठाउँमा वालुवा थुप्रिएको छ। ढोका खोलिएसँगै सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ। आइतबार बिहानको मापनअनुसार २ लाख ९० हजार ३४० क्यूसेक पानीको बहाव छ।

जानकारी तथा लेखहरु