फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली पूर्वाधार लगानी बैंकको सदस्य संख्या एक सय

(GMT+08:00) 2019-07-14 14:25:19

एशियाली पूर्वाधार लगानी बैंकले 13 तारिख शनिबार लक्जेम्बर्गमा आयोजित बैंक परिषदको चौथो वार्षिक सम्मेलनमा बेनिन, जिबूटी र रुवाण्डा गरी तीन अफ्रिकी मुलुकको एशियाली पूर्वाधार लगानी बैंकमा संलग्नता अनुमोदनको घोषणा गरेको छ। जसबाट एशियाली पूर्वाधार लगानी बैंकको सदस्य संख्या एक सय पुगेको छ। विश्व अर्थतन्त्रका सामु अनिश्चितता देखापरेको पृष्ठभूमिमा एशियाली पूर्वाधार लगानी बैंकको सदस्यको पुनः वृद्धिबाट आधारभूत प्रबन्धको निर्माणमा बैंकको प्रयास, विश्व आर्थिक व्यवस्थापन प्रणालीमा बैंकको योगदान र उस्को बदुपक्षीयतावादी तथा खुला र सहिष्णु सिद्धान्त अन्तर्राष्ट्रिय जगतबाट स्वीकृत भएको भएको पुष्टि भएको छ। चीनको प्रभाव र मान्यताले अन्तर्राष्ट्रिय जगतबाट सकारात्मक मूल्यांकन पाएको छ।

पैचिङमा मुख्यालय रहेको एशियाली पूर्वाधार लगानी बैंक आधारभूत प्रबन्धमा लगानीमाथि केन्द्रिय नयाँ बहुपक्षीय विकास बैंक हो। सन् 2016मा स्थापनादेखि एशियाली पूर्वाधार लगानी बैंकको सदस्य 9 पटक बढेर 57 बाट 100 सम्म पुगेको हो। बैंकका मुख्य सदस्य विकासोन्मुख मुलुक भएतापनि बेलायत, फ्रान्स, जर्मनी तथा क्यानाडालगायत विकसित मुलुक पनि छन्।

तीन वर्षमा एशियाली पूर्वाधार लगानी बैंकले आधारभूत प्रबन्धको निर्माणलाई पूरा गर्दा एशिया र विश्वको आर्थिक विकासका लागि अझ बढी मौकाको सिर्जना गरेको छ। एकातिर, एशियाली पूर्वाधार लगानी बैंकले व्यापक विकासोन्मुख मुलुकको पूँजी जुटाउने चाहनालाई पूरा गरेर स्थानीय अर्थतन्त्रको विकास घच्घच्याएको छ। अर्कातिर एशियाली पूर्वाधार लगानी बैंकले विकसित मुलुकलगायत सदस्य मुलुकको लगानी चाहनालाई पनि पूरा पारेको छ।

एशियाली पूर्वाधार लगानी बैंकमा विकासोन्मुख मुलुकसँग अधिकांश शेयर भएका हुनाले अझ बढी बोल्ने अधिकार पनि छ। त्यसैले यो बैंकले विश्व आर्थिक व्यवस्थापन प्रणालीलाई अझ न्यायिक तथा उचित दिशातिर बढाउनसक्छ।

एशियाली पूर्वाधार लगानी बैंकले आफूलाई 21औं शताब्दीमा कम्पनीको व्यवस्थापन प्रणाली रहेको नयाँ अन्तर्राष्ट्रिय बहुपक्षीय विकास संस्थाको रूपमा अपनाएको छ। त्यसैले यो बैंकको व्यवस्थापन बनौट, नीति मापदण्ड, मानव संसाधनको व्यवस्थापन आदि क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड भएको देखिन्छ। साथै उसले "सजिलो, इमानदार, भविष्यगामी र स्वच्छ" भन्ने केन्द्रिय मूल्यमान्यता लिएर पूँजी जुटाउने, आन्तरिक खरीद आदि क्षेत्रमा कडा परिपाटीको पालना गरेको छ। त्यसैले सन् 2017 र 2018 स्टान्डर्ड एण्ड पूरस, मूडिस इन्भेस्टर्स सर्भिस र फिट्च रेटिङले यस बैंकलाई सर्वोच्च क्रेडिट मूल्याङ्कन-थ्री ए दिएका छन्।

जानकारी तथा लेखहरु