फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली पूर्वाधार लगानी बैंकमा सदस्य वृद्धिले वहुपक्षीयतावादी सिद्धान्तको स्वीकृति

(GMT+08:00) 2019-07-14 14:43:54

एशियाली पूर्वाधार लगानी बैंकको परिषद सम्मेलनले 13 तारिख बेनिन, जिबूटी र रुवाण्डाको बैंकमा संलग्नता अनुमोदन गरेको छ। यी तीन मुलुक एशियाली पूर्वाधार लगानी बैंकमा नवौं खेपका नयाँ सदस्य बन्छन्। जसबाट एशियाली पूर्वाधार लगानी बैंकको सदस्य संख्या एक सय पुगेको छ।

12 देखि 13 तारिखसम्म एशियाली पूर्वाधार लगानी बैंक परिषदको चौथो वार्षिक सम्मेलन लक्जेम्बर्गमा आयोजित भयो। यस वार्षिक सम्मेलनको मुख्य विषयवस्तु "सहयोग तथा कनेक्टिभिटी" भन्ने थियो। विभिन्न पक्षले एशिया र यूरोपको कनेक्टिभिटी, आधारभूत प्रबन्धमा पूँजी जुटाउने, एशियाली पूर्वाधार लगानी बैंकको रणनीतिक विकास तथा सञ्चालनआदि विषयबारे छलफल गरेका छन्।

एशियाली पूर्वाधार लगानी बैंक सदस्यको फेरि वृद्धिले बैंकको वहुपक्षीयतावादी तथा खुला र सहिष्णु सिद्धान्त अन्तर्राष्ट्रिय जगतबाट स्वीकृत पाएको पुष्टि गरेको एशियाली पूर्वाधार लगानी बैंकका प्रवक्ता लाउरेल ओस्टफिल्ड बताउनुभयो।

एशियाली पूर्वाधार लगानी बैंकले स्थिरताका साथ अगाडि बढेर विविध सदस्यको दिगो विकासलाई निरन्तर समर्थन गर्ने बैंकका गभर्नर चिन ली छ्विनले प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु